Sunday, March 15, 2026

सापसद्वारा “भवानी साहित्यिक पत्रकारिता सम्मान”को घोषणा



२०८२ चैत १, काठमाडौं ।

साहित्यिक पत्रकार संघले दुई साहित्यिक पत्रकारलाई “भवानी साहित्यिक पत्रकारिता सम्मान” प्रदान गर्ने भएको छ ।

साहित्यिक पत्रकारहरु रमेश पोखरेल (कार्यकारी सम्पादक – शब्द संयोजन मासिक” र प्रविन जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक) भवानी साहित्यिक पत्रकारिता सम्मान” २०८१ र २०८२ बाट समानित हुने संघद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।



सो निर्णय वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरु श्रीओम श्रेष्ठ “रोदन” र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिको सिफारिसमा संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले निर्णय गरेको हो ।

वि. स. २००६ असाेज १५ गते जन्मिनु भएका साहित्यिक पत्रकार प्रवीण जाेशी शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक हुनुहुन्छ । शृङ्खला मासिकको हालसम्म २१८ अंक प्रकाशित रहेको छ । शृङ्खला मासिकले कवि गाेकुल जाेशी, कलाकार लाेककवि अली मियाँ, शिक्षासेवी केदारनाथ न्यौपाने, भैरव अर्याल हास्य ब्यङ्ग्य, नारी स्रष्टालगायतको विशेषाङ्कहरुसमेत प्रकाशित गरेको छ ।




वि. स. २०१८ वैशाख १५ गते जन्मिनु भएका साहित्यिक पत्रकार रमेश पोखरेल शब्द संयोजन मासिकको कार्यकारी सम्पादक हुनुहुन्छ । शब्द संयोजन मासिकको हालसम्म २६३ अंक प्रकाशित रहेको छ ।

यसअघि यस पुरस्कार/सम्मानबाट शान्ति कुँवर (रुपरेखा), मदनदेव भट्टराई (रत्नश्री), रोचक घिमिरे (रचना), कमलमणि दीक्षित (नेपाली), गोविन्दबहादुर मल्ल गोठाले, नगेन्द्रराज शर्मा (अभिव्यक्ति), चूडामणि रेग्मी (जुही), वासु शशी (सञ्चय), शिव प्रधान (सिक्किम), मातृका पोखरेल (वेदना), विमल भौकाजी (शारदा), किशोर पहाडी (शब्दपथ), रमेश शुभेच्छुक (भानु), तन्नेरी (विदुर गौतम), बालिका गिरी (दोभान)लगायत पुरस्कृत र सम्मानित भइसकेकाछन् ।

000
https://www.khojonline.com बाट साभार 



No comments: