Friday, June 9, 2023

खोटाङको केपिलासगढी गाउँपालिकामा 'स्थानीय तहको सहकार्यमा मातृभाषा शिक्षासम्बन्धी अभिमुखीकरम कार्यक्रम' सम्पन्न ।

 २०८० जेठ २५ गते भाषा आयोगको आयोजना र केपिलासगढी गाउँपालिकाको संयाेजनमा 'स्थानीय तहको सहकार्यमा मातृभाषा शिक्षासम्बन्धी अभिमुखीकरम कार्यक्रम' खोटाङको बाक्सिलामा सम्पन्न भयो । भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलको सभापतित्व र का केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीरकुमार राईको प्रमुख आतिथ्यमा संचालित उक्त अभिमुखीकरण गोष्ठीमा भाषा आयोगका माननीय सदस्य अमृत योन्जन तामाङले मातृभाषा शिक्षाको महत्त्वका बारेमा बताउनुहुँदै स्थानीय तहमा मातृभाषा शिक्षा लागू गर्न पुरा गर्नुपर्ने कानूनी र अन्य आवश्यक प्रक्रियाका बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भाषा आयोगका सचिव जयराम अधिकारीले भाषा आयोगको काम , कर्तव्य र गतिविधिका बारेमा प्रष्ट पार्नुभयो ।


कार्यक्रममा केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई र भाषा वैज्ञानिक डा. नेत्रमणि राई, भाषाविद तेजमाया राई, केपिलासगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनाल, केपिलासगढी गाउँपालिकाका निमित्त प्रशासकीय प्रमुख गुञ्जन कार्की, बन्दना तामाङ र शुक्रराज राईले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त अभिमुखीकरण कार्यक्रममा भाषा आयोगका शाखा अधिकृत दशरथ सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भाषा आयोगका उपसचिव रमा अर्यालले उक्त कार्यक्रमको संचालन गर्नुभएको थियो ।

ooo































































































No comments: