Thursday, March 31, 2022

प्रलेस काठमाडौँको पाँचौँ सम्मेलन सम्पन्न

 


काठमाडौँ । प्रगतिशील लेखक सङ्घ काठमाडौँको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यमा २०७८ चैत ११ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा सो सम्मेलन सम्पन्न भएको हो ।

केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज मधु क्षेत्रीको स्वागतमा अघि बढेको सम्मेलनको उद्घाटन शत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ हेमनाथ पौडेल, प्रलेसका महासचिव समीर सिंह, केन्द्रीय सल्लाहकार तथा पूर्व अध्यक्ष मातृका पोखरेल, केन्द्रीय सल्लाहकार वासुदेव अधिकारी र डा. पुष्करराज भट्ट तथा प्रलेस बागमतीका अध्यक्ष जगत्प्रसाद रेग्मीले शुभकामना दिनुभएको थियो ।

उद्घाटन सत्र निवर्तमान अध्यक्ष डा. कौशिला रिसालको अध्यक्षता तथा ज्ञानु विद्रोहीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्मेलनमा प्रलेस काठमाडौँको मुखपत्र काठमाडौँ प्रलेस अङ्क ४ प्रमुख अतिथिद्वारा विमोचन गरिएको थियो ।

सम्मेलनको बन्दशत्र उपमहासचिव आरसी न्यौपाने, केन्द्रीय सचिव प्रकाश थापामगर, साहित्यकारहरू हरिप्रसाद सिलवाल, प्रकाश तिवारी र शान्ति प्रियवन्दनाको अध्यक्ष मण्डल गठनसँगै अगाडि बढेको थियो ।

बन्दशत्रले ज्ञानु विद्रोहीको अध्यक्ष रहेको तीन रिक्तसहित २१ सदस्यीय प्रलेस काठमाडौँ जिल्ला समिति गठन गरेको थियो । समितिको उपाध्यक्षमा भक्तबहादुर विक र सुनिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षामा केशव भट्टराई रहनुभएको छ ।

त्यस्तै, सदस्यहरूमा मेस्मा पुन, धु्रव बस्याल, रामचन्द्र खतिवडा, जीवनप्रकाश उपाध्याय, राजेन्द्र पन्त तारकिणी, अनिता यात्री, जय गौडेल, रूपेश अधिकारी, राजेन्द्र घिमिरे, रमेश खतिवडा, धनकुमारी न्यौपाने कल्पना र शिवकुमार श्रेष्ठ रहनुभएको छ ।

नयाँ समितिलाई महासचिव समीर सिंहले शपथ ग्रहण गराइएपछि र नवनिर्वाचित अध्यक्ष ज्ञानु विद्रोहीले प्रतिबद्धता मन्तव्य व्यक्त गरेपछि नवनिर्वाचित समितिलाई राम विनय र तेजविलास अधिकारीले बधाई मन्तव्य राख्नुभएको थियो ।

000

www.yugdarshan.com बाट साभार 




No comments: