Monday, June 19, 2023

सरकारी कामकाजको भाषा कार्यान्वयनका लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२०८० असार ३ गतेका दिन जनकपुरधाम, धनुषामा अवस्थित मिथिला यात्री निवासमा भाषा आयोग, काठमाडौं र मधेस प्रदेश सरकार, मुख्यमंत्रीको कार्यालय, मधेश प्रदेशको संयुक्त आयोजनामा सरकारी कामकाजको भाषा  कार्यान्वयनका लागि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । भाषा आयोगका माननीय अध्यक्ष  डा.गोपाल ठाकुरको अध्यक्षता तथा मधेश प्रदेश प्रमुख माननीय हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा मधेश प्रदेशका शिक्षा समाज कल्याण मन्त्री  महेशप्रसाद यादवले स्वागत गर्नुभएको थियो  । उक्त कार्यक्रममा मधेश प्रदेश का सत्तापक्ष एवम् विपक्षी पक्षका माननीय नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको  विशिष्ट अतिथिका रूपमा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव, नेपाली कांग्रेसका सह- महामन्त्री फरमुल्ला मन्सूर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का मधेश प्रदेश संसदीय दलका नेता माननीय  भरत साहलगायत नेकपा(एमाले), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी आदिका नेतृत्व गणको समेत  सहभागिता रहेको थियो । कार्यक्रममा भाषा आयोगको तर्फबाट माननीय सदस्य गोपाल अश्कले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।भाषा आयोगको तर्फबाट  माननीय सदस्य मातृका पोखरेल, भाषा आयोगका सचिव जयराम अधिकारीले  पनि भाषा आयोगको वर्तमान अवस्था र चुनौतिका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।   उक्त कार्यक्रममा मधेश प्रदेशमा नेपाली का साथै अन्य कुन कुन भाषाहरूलाई सरकारी कामकाजको भाषामा लागू गर्न सकिन्छ भन्ने विषयमा गम्भीर तथा सघन छलफल भयो र मधेश प्रदेशका प्रमुख लगायत अन्य सहभागी नेता, भाषिक अभियन्ता, बुद्धिजीवीहरूले भाषा आयोगद्वारा सिफारिस गरिएका भाषाहरूलाई सरकारी कामकाजको भाषाको रूपमा यथाशीघ्र लागू गर्नुपर्ने  कुरामा जोड दिनु भयो । कार्यक्रमको संचालन भाषा आयोगका उपसचिव कमला पाण्डेले गर्नुभएको थियो ।  

000 

खबर स्रोत : गोपाल अश्क 









No comments: