Thursday, June 20, 2024

काठमाण्डुमा लघुकथा गोष्ठी सम्पन

नेपाल प्रज्ञा–प्रतिष्ठान र लघुकथा समाजको संयुक्त आयोजनामा यही माघ ११ गते आइतबार विशेष लघुकथा गोष्ठी सम्पन्न गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा समालोचक प्रा.डा. कुमारप्रसाद कोइरालाले ‘समसामयिक नेपाली लघुकथा लेखनको स्थिति र चुनौती’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँको कार्यपत्रमाथि साहित्यार एवं पत्रकार विजय चालिसेले टिप्पणी गर्नुभएको थियो । आख्यान विधाको लघुत्तम सिर्जनाको रुपमा लघुकथा लेखनको बढ्दो प्रभाव र लेखन स्थितिका बारेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका गद्य–आख्यान विभाग प्रमुख प्राज्ञं मातृका पोखरेल, लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, उपाध्यक्ष ध्रुव मधिकर्मीले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा डेढ दर्जन लघुकथाकारहरुले आ–आफ्ना लघुकथाहरु वाचन गर्नुभएको थियो । अग्रज लघुकथाकार जगदिश नेपालीको काँचुली शीर्षकको लघुकथा कार्यक्रमका उद्घोषक तुलसीहरि कोइरालाले वाचन गरेर प्रारम्भ गरिएको सत्रमा लघुकथा वाचन गर्नेहरुमा– यादव खरेल, अशेष मल्ल, किशोर पहाडी, हरिगोविन्द लुइटेल, दिव्य गिरी, नवराज रिजाल, धीरेन्द्र प्रेमर्षि, हिरण्य भोजपुरे, टीकाराम रेग्मी, सुमन सौरभ, सिन्धु गौतम, दिनेश गुप्ता, तोया गौतम, सुषमा मानन्धर र गोपाल अश्क हुनुहुन्थ्यो ।

लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा आयोजित कार्यक्रममा लघुकथा समाजका सचिव तुलसीहरि कोइरालाले समाजका गतिविधिहरुबारे प्रकाश पार्नुभएको थियो ।

000









No comments: