Sunday, September 26, 2021

गोरखापत्रलाई जनताको पत्र बनाइने

काठमाडौँ १३ वैशाख । गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष हरिगोविन्द लुइँटेलले गोरखापत्रलाई जनताको पत्र बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।नेपाली अखबारमा जेठो र ११० वर्षको इतिहास बोकेको सो पत्रिकालाई जनताको आवाजका रुपमा विकसित गर्ने भन्दै अध्यक्ष लुइँटेलले सहिदको रगत जनताको त्याग र बलिदानको मूल्यलाई सम्मान गरेर आफू अघि बढ्ने विश्वास पनि दिलाउनुभयो ।

अध्यक्ष लुइँटेललाई बधाई तथा शुभकामना दिन मधुरीमा नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मुलुकको साचार नीति पनि परिवर्तन हुनुपर्नेमा जोड दिँदै त्यसभित्र गोरखापत्रलाई मिसाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बरिष्ठ गायक रामेश श्रेष्ठले लुइँटेललाई बधाई दिँदै जिम्मेवारीलाई जनपक्षीय र कुशलतापूर्वक पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी पारिजात स्मृति केन्द्रकी संरक्षक सुकन्या वाइवा संविधानविद् काशिराज दाहाल अखिल नेपाल जनसाहित्यिक महासङ्घका उपाध्यक्ष मातृका पोखरेल कलाकार रायन श्रेष्ठ मधुरीमा नेपालका अध्यक्ष प्रदीप बम्जनलगायतले लुइँटेललाई बधाई दिँदै लोभमुक्त भई कार्यभार सम्हाल्न सुझाव दिनुभयो । 

रासस

No comments: