सोमनाथ आत्रेयको जन्म वि.स. ५२० तिर कर्णाटकको मैसुरमा भएको थियो । यिनी प्रतिहारवंशी गौर्जर ब्राह्मण थिए । यिनी निकै धनवान् थिए । यिनले गुजरातको सौराष्ट्रमा सोमनाथको भव्य मन्दिर बनाएका थिए र त्यसमा ज्योतिर्लिङ्गको स्थापना गरेका थिए । काबेरी नदीको बायाँ किनारमा ‘सोमनाथ पुरम्’ नामक नगर पनि यिनैले बसालेका थिए । यिनी ज्योतिर्लिङ्गको नित्य पूजा गर्ने गर्थे । (पौडेल वंशावली २०६०ः १८)
[ सोमनाथ आत्रेयहरूका मूल पुरुष - १ देखि १३ सम्म ]
---------------------------------------------------------
१) सोमनाथ (बि.सं. ५२०) [आत्रेयहरूका मूल पुरुष ]
आत्रेयहरू वंशावलीको सोपान चढ्दैसोमनाथसम्म पुग्नसक्ने भएका छन् । यस कार्यबाट पानी पोखरेललाई मात्र होइन आत्रेय गोत्र धारण गर्ने सबैलाई आआफ्नो वंशावलीमा जोड्न सरल भएकोछ ।
सोमनाथ आत्रेयको जन्म वि.स. ५२० तिर कर्णाटकको मैसुरमा भएको थियो । यिनी प्रतिहारवंशी गौर्जर ब्राह्मण थिए । यिनी निकै धनवान् थिए । यिनले गुजरातको सौराष्ट्रमा सोमनाथको भव्य मन्दिरबनाएका थिए र त्यसमा ज्योतिर्लिङ्गको स्थापना गरेका थिए । काबेरी नदीको बायाँ किनारमा ‘सोमनाथ पुरम्’ नामक नगर पनि यिनैले बसालेका थिए । यिनी ज्योतिर्लिङ्गको नित्य पूजा गर्ने गर्थे (पौडेल वंशावली २०६०ः १८) ।
यसरी ‘सोमनाथ’ आत्रेयहरूका ऐतिहासिक मूलपुरुष ठहरिएका छन् ।
"मानव वंशको यस लामो यात्रालाई हाँक दिने शक्ति आफ्नो नभएको हुनाले मैले सोमनाथदेखि पुस्ताको गणना गरेको छु । उनको समयलाई सं ५२० देखि आरम्भ भएको स्वीकार गर्दै मैले आफ्नो वंशको प्रथम पुस्ताका पूर्वज उनलाई मानेको छु र आफूलाई उनको ४७ औं पुस्ताको सन्तान मानेको छु । यसरी यस वंशावलीको सत्ययुग मैले सोमनाथको युगलाई र ब्रह्मा स्वयंं सोमनाथलाई स्विकारेको छु । उनी पोखरेल, पौडेल, पाहाडी, गोतामे, चापागाई, खतिवडा, आत्रेय वस्थी, आत्रेय भट्ट, आत्रेय मिश्र, आदिका साझे पूर्वज हुन् ।” (प्राः बालकृष्ण पोखरेल जतनपुरे पानीपोखरेलको वंशावली २०६५ः२१)
।
२) रंगनाभ (बि.सं. ५५८ )
।
३) पुरनाभ (बि.सं. ५९४ )
।
४) ब्रम्हनाभ (बि.सं. ६३१ ) ।
।
५) प्रसरनाभ ( बि.सं. ६८० )
।
६) भीमदेव ( बि.सं. ७१८ )
।
७) पूर्णदेव ( वि.सं.७५६ )
।
८) देव शर्मा ( वि.सं.७९१ )
।
९) कश्यप देव ( वि.सं.८३५ )
।
१०) विकुशभद्र ( वि.सं.८५६ )
।
११) हरिशंकर ( वि.सं.८७७ )
।
१२) शिवशंकर ( वि.सं.८९७)
।
१३) विकुशभद्र ( वि.सं.९२० )
------------------------------------------
१) काशीदास/ कुशभद्रा (वि.सं.९५०)
'पानी पोखरेल’का मूलपुरुष काशीदास / कुशभद्रा (वि.सं.९५०) ठहरिएका छन् । काशीदासको ऐतिहासिकतालाई पुष्टि गर्ने केही तथ्यहरु निम्ननुसार छन् :
१. काशीदास कन्नौजका राजा भएको र अलाउद्दीन खिल्जीले गद्दीबाट हटाएपछि बाहुनको भेष लिएर नेपाल पसेका थिए । (मोहन बहादुर मल्ल २०३५)
२. काशीदासका सन्तानले सोह्रवटा वाइसी राज्यमा राज्य गरेको पाइन्छ । केही चौबिसी राज्यमा पनि काशीदासका सन्तान राजा भएको प्रमाण भेटिएका छन् । (डा. राजाराम सुवेदी २०४५)
३. काशीदासका पुर्खा कन्नौज वा चित्तौरका राजा थिए । कन्नौजका अन्तिम राजा मठिमल राइठोरले दिल्लीका सुल्तानसँग युद्धमा ज्यान गुमाएपछि उनका सन्तानले “शर्मा पाध्य” लेख्न थाले । (टुची)
४. काशीदासको साइनो कन्नौजका राजा ‘सोमवंशी राइठुर’हरूसँग थियो । ‘योगी नरहरिनाथ इतिहास प्रकाश २.१ः३६४)
५. जाजरकोटे राजाको वंशावली, सोम वंशावली, सल्यानी राजाको वंशावली, अर्ज्याल वंशावली र गोतामे वंशावलीअनुसार पनि नेपालका सबै अत्रि र आत्रेय गोत्र हुने रैती र राजाका मूल पुर्खा कन्नौजबाट आएको पुष्टि हुन्छ । (डा. माधवप्रसाद पोखरेल, पानी पोखरेल नालोबेलो २०५७)
६. पानी पोखरेलका पुर्खा काशीदास नेपाल पस्नमा कन्नौजमा मुसलमानको आक्रमण नै कारण थियो । (कृष्णचन्द्र पोखरेल २०४२)
७. काशीदास कन्नौजबाट जुम्ला आएका हुन् । उनी षट्शास्त्रका ज्ञाता थिए । डा. राजाराम सुवेदी २०५४)
८. मुसलमान गजनवीको बनारससम्मको आक्रमणले जर्जरित भएर प्रतिहार साम्रज्य ध्वस्त हुँदा कन्नौजका राजकुमार हिमालयमा शरण लिन पुगे ।
(राहुल सांकृत्यायन १९४८ ई. किन्नर देशमे)
९. काशीदासका पुर्खा अर्थात् गुर्जर प्रतिहारवंशी राजाहरू बाहुन थिए । (डा. कन्हैयालाल मुन्सी, १९८४ इ. ४६)
१०. नेपालमा अत्रि र आत्रेय गोत्रधारी बाहुन, क्षेत्री (ठकुरी समेत) मगर, चन्द्रवंशी, राजा आदि काशीदास कै सन्तान हुन् । (डा. माधवप्रसाद पोखरेल, काशिदासको ऐतिहासिकता : २०५६)
११. काशीदास नेपाल आउँदा जुम्लामा आनन्दमल्ल र रिपु मल्लको शासन थियो, त्यसैले काशीदासले ती दुईमध्ये एकजना राजालाई भेटेको हुनुपर्छ र काशीदासको योग्यताबाट प्रभावित भएर राजाले उनलाई आफ्नी छोरी दिएर ठाकुरजी लेकदेखि दक्षिणतिर शासक बनाई दिए । (धनवज्र बज्राचार्यः२०२८)
१२. चित्तौरका अन्तिम राजा रत्नसिंह राठौर वंशका थिए । मुसलमानको अत्याचार सहन नसकी रत्नसिंहले पनि आफ्नो नाम ‘काशीदास पाध्य’ राखेर आफूलाई देववर्मा पाध्यका वंशज भन्ने चिनाएर मानसरोवर कैशाल पर्वतको तीर्थयात्रा गर्न भनी हिंडे । यसरी उनी जुम्ला आइपुगे, त्यहाँका राजालाई भेटे, आफ्नो सबै कहानी सुनाए र प्रभावित बनाए । (डा. माधवप्रसाद पोखरेल, पानी पोखरेलको नालीबेली - २०५७)
१३. रन्तसिंह (रत्नज्योति वा काशीदास पाध्य) जुम्ला राज्यमा अचानक देखा परे, कैशाल पर्वत र मानसरोवरको दर्शन गरे, दूधपोखरी, पानीपोखरी भर्नमा आफ्नो प्रतिभा पनि देखाए र जुम्लाकी राजकुमारी बिहे पनि गरे । उनको रहस्यमय सफलताले गर्दा त्यस क्षेत्रको लोकपरम्पराले उनैलाई जालन्धरी वा औतारी राजा भन्न थाल्यो । (इतिहास प्रकाश १.१ः६९)
१४. काशीदास नाउँका चन्द्रवंशी व्यक्ति षट्शास्त्रका ज्ञाता, वेदादिमा पारङ्गत र थु्प्रै चेलाहरुले सुशोभित थिए । उनी कन्नौज मुसलमानद्वारा आतंकित भएको देखेर यस ठाउँमा बस्न ठिक छैन भन्ने ठानी आफ्ना चेला साथ लगाएर साउन महिना लाग्दा सिजापति राजाका राज्यमा उल्मुख जात्रा चलिरहेको बेला त्यहाँ पुगेर राजाको मान र वृति पाएर बसे । (पं.वाणीविलास ज्योतिर्विद, सल्यानी राजाको वंशावली)
१५. “काशीदास भट्ट पोखरेल थरका मूल पुरुष हुन् । (पौडेल वंशावली, २०६०ः ५२)”
२ ) विष्णुदास ( वि.सं.९७२)
।
३ ) देउदास ( वि.सं.९९३)
।
४ ) ब्रम्हदास ( वि.सं.१०२५ )
।
५ ) देवाकर ( वि.सं.१०६०)
।
६ ) सेवाकर ( वि.सं.१०८४)
।
७ ) श्रीकर ( वि.सं.११०३)
।
८ ) इन्दिवर ( वि.सं.११३१)
।
९ ) उदयानन्द ( वि.सं.११६२)
।
१०) भाष्कर ( वि.सं.११९०)
।
११) सेवाकर ( वि.सं.१२१४)
।
१२) रघुनन्दन ( वि.सं.१२४०)
।
१३) निबुकर (वि.सं.१२७०)
।
१४) सैगुण ( वि.सं.१२९८)
।
१५) जगतानन्द ( वि.सं.१३२३)
।
१६) जगतमणि ( वि.सं.१३५०)
।
१७) देउदास ( वि.सं.१३७३)
।
१८) देविदास ( वि.सं.१३९६)
।
१९) अनन्त ( वि.सं.१४२१)
।
२०) दुर्गादास ( वि.सं.१४५५) दुर्गादासका छोराहरु मध्य कृष्णानन्दका सन्तान जतनपुर, धनकुट्टा, सिम्पानी तर्फ फैलिए भने विष्णुदासका सन्तानहरु खार्पा, माम्खा , चार्खु र छप्कि तर्फ फैलिए ।
।
२१) कृष्णानन्द ( वि.सं.१४८५)
।
२२) रामानन्द ( वि.सं.१५१०)
।
२३) जगतानन्द ( वि.सं.१५३७)
।
२४) परमानन्द ( वि.सं.१५६०) परमानन्दले आफ्नो छोरा दण्डपाणि लाई लिएर दैलेखको पोखरेबाट लम्जुङ्गको दरवारमा पण्डित हुन पुगे ।
।
२५) दण्डपाणि ( वि.सं.१५९१)
परमपाध्या थिए बिद्वान राजाका राजगुरु पनि ।
लमजुङ्गका राजा खुसीभै दिए बिर्ता गुरु भनी ।।
जिल्ला लमजुङ्ग दुर्छाकोट दुर्छागाउँ सिमलचउर् ।
नागेश्वोर डिहीव्यासी झाक्रो खनु होस्मीचउर् ।।
मूलबाटो उँभो भोगगर्नु गौखोला अलैंचीबारी ।
तीन समेत बितलव पाए आफ्ना पराक्रमले गरि ।।
दुर्छाकोट लेख थियो, कछाड दुर्छा सिमलचउर् ।
गौखोला पानीघाट थियो, डिही ब्यासी नागेश्वोर ।।
गौखोला नाम परिवर्तन मिर्दुमखोलाकन भनी ।
भन्छन नागेश्वोर व्यासीलाई पोख्रेल्नी बज्यैको डिही ।।
पानी पोखरेलको बस्ति सिमलचउर् दुर्छागाउँमा ।
अलैचीबारी नागेश्वोर, घरैघर डिहीसम्ममा ।।
परमपाध्याका छोरा एक दण्डु पाध्या थिए भला ।
बंसिधर पाध्या जन्मे एक सुत दण्डु पाध्याका ।।
बंसीका पनि छोरा एक बशिष्ट नामका गुणी ।
बशिष्टमा सुकदेव पाध्या एकमात्र सुत छन् उनि ।।
सुकदेवकी श्रीमती मेनुकावती नामले ।
चिन्दथे जनम लिए पुत्र एक शिवहरिले ।।
शिवहरिका पत्नी पार्वता र दिव्यश्वरा ।
दिव्यश्वरा जेठी भइन कान्छी श्रीमती पार्वता ।।
- (गणेशप्रसाद पोखरेलद्वारा लिखित बंशावलीबाट )
।
२६) बंशिधर ( वि.सं.१६२२)
।
२७ )वशिष्ठ ( वि.सं.१६५०)
।
२८) शुकदेव ( वि.सं.१६७५)
२९) शिवानन्द पोखरेल (शिवहरी वि. सं.- १७०४)
।
शुकदेव पुत्र शिवानन्द (शिवहरी) (बि.स. १७०५ ) को जन्म लमजुङ्गको दुर्छाकोटमा भएको थियो। यिनी बि.स १७३० तिर चौदण्डीगढी पुगे । शिवानन्द र वामदेव मिश्र दुवै लमजुङ्गका थिए। बामदेवकी बहिनि दिव्यश्वरासित शिवानन्दको लमजुङ्गमै बिबाह भएको थियो। वामदेव मिश्र पछि मकवानपुर दरवारमा आएर पुरोहित गर्थे। उनको स्वरुंग र चौदण्डीमा बिर्ता थियो । उनैले ज्वाइ शिवानन्दलाई स्वरुंग र चौदण्डीको बिर्ताको रेखदेख गर्न दिए । शिवानान्दका छोरा रामेश्वरलाई मामा बामदेव मिश्रले स्वरुंग मौजाको पूर्वी भाग काटेर विर्ता दिलाएका थिए। रामेश्वरले पाएको विर्ता भएकाले यद्धपि उक्त ठाउँलाई रामपुर भनिदै छ । पहिले रामपुर भनेर ठूलो भूभागलाई जनाउथ्यो तर अहिले एउटा गाउँमा सिमित भएको छ ।
शिवानन्द/ शिवहरीका दुई भाइ छोराहरु थिए । काशिराम (रामेश्वर) र सदानन्द । काशिराम (रामेश्वर) का सन्तान जतानपुरमा बसे भने सदानन्दका सन्तानहरु सिम्पानी , धनकुट्टा , सावाँ मझुवातर्फ गए ।
।
३०) रामेश्वर पोखरेल ( काशीराम - १७३८) रामेश्वर जतनपुरे पोखरेलका मूल पुर्खा हुन् । यिनका तीन भाइ छोरा थिए । छोरीहरूको बारेमा जानकारी हुन सकेन ।
रामेश्वरका छोराहरू :
* चन्द्रलाल पोखरेल (चामु- वि.सं. १७५५ ) यिनी तर्फका सन्तानहरू पहाडमा जतनपुर, थामखर्क, पोखरी, गहते, ठानागाउँ, धाप्पानीतिर बसे । पछि बसाईं सर्ने क्रममा यिनका सन्तानहरूको इलाम, सेर्ना ओखलढुङ्गा, बर्दिबासतिर ठुलो बसोबास छ । पछिल्लो समयमा काठमाण्डुतिर पनि स्थायी बसोबास गर्नेहरू बढीरहेका छन् ।
* पद्मलाल पोखरेल (पध्मु - वि.सं. १७५७ ) यिनी तर्फका सन्तानहरू पहाडमा जतनपुरको नजिकै थुम्कीमा बसे । पछि बसाईं सर्ने क्रममा यिनका सन्तानहरूको ठुलो संख्या मोरंगको पथरी, बर्दिबासतिर बसोबास बढ्दो क्रममा छ । पछिल्लो समयमा काठमाण्डुतिर पनि स्थायी बसोबास गर्नेहरू बढीरहेका छन् ।
* देविचरण पोखरेल (दामु- वि.सं. १७५९ ) यिनी तर्फका सन्तानहरू पहाडमा जतनपुर, लखनडांडा, रूपाटार, थाक्ले, मुर्मेतिर फैलिए । पछि बसाईं सर्ने क्रममा यिनका सन्तानहरूको ठुलो संख्या मोरंगको पथरी, सर्लाहीको लालबन्दी, किसाननगर, धनुषाको लालागढ़तिर बसोबास बढ्दो क्रममा छ । पछिल्लो समयमा काठमाण्डुतिर पनि स्थायी बसोबास गर्नेहरू बढीरहेका छन् ।
।
३१) चन्द्रलाल पोखरेल (चामु- वि.सं. - १७५५ )
।
चन्द्रलालका छोराहरू :
* बैकुण्ठ पोखरेल ( वि.सं. १७९५ )
* रामकृष्ण पोखरेल ( वि.सं. १७९९ ) वेपत्ता
* देवनारायण पोखरेल ( वि.सं. १८०३ )
३२) वैकुण्ठ पोखरेल ( वि.सं.- १७९५)
।
बैकुण्ठका छोराहरू :
* देवर्षी पोखरेल ( वि.सं. १८३० )
* जनार्दन पोखरेल (जयपति) - ( वि.सं. १८३४ ) वेपत्ता
* जयनारायण पोखरेल ( वि.सं. १८३८ ) वेपत्ता
३३) देवर्षी पोखरेल ( वि.सं.- १८३०)
।
देवर्षीका छोराहरू :
* हरिनारायण पोखरेल ( वि.सं. १८४४ ) हरिनारायणका सन्तानहरू बसाइँ सर्ने क्रममा इलामसम्म पुगे । हाल उनीहरूको इलाम हुँदै झापामा पनि बसोबास रहेको छ ।
* बलभद्र पोखरेल (राधाबल्लभ) - ( वि.सं. १८४७ ) बलभद्रका सन्तानहरू जतनपुरमा हुँदा माझगाउँले र आदमारेली खाल भनेर परिचित थियो । माझगाउँले खालको ठुलो हिस्सा पछि बसाइँसराइको क्रममा बर्दिवासतिर आए । आदमारेली खाल पनि बसाइँसराइको क्रममा उदयपुरको देउरी र कटारी क्षेत्रमा बसेको देखिन्छ ।
* श्रीहर्ष पोखरेल (वि.सं. १८५२) श्रीहर्षका सन्तान उदयपुरको पोखरीमा लामो समयसम्म बसेपछि जुके, बर्दिबास हुँदै ठुलो संख्या मोरंगको दुलारीमा पनि बसोबास गरेका छन् ।
* जयमंगल पोखरेल ( वि.सं. १८५४) वेपत्ता
* जयभद्र पोखरेल ( वि.सं. १८६०) जयभद्रका सन्तानहरू उदयपुरको पोखरी , जतनपुर, धाप्पानी, गहते हुँदै दमक, गालटारमा बसोबास गरेका छन् । पछिल्लो समयमा काठमाण्डुतिर पनि स्थायी बसोबास गर्नेहरू बढीरहेका छन् ।
* वीरभद्र पोखरेल ( वि.सं. १८६३ ) वीरभद्रका सन्तानहरू मूलत जतनपुरबाट मावलीहरूका कारण ओखलढुङ्गाको सेर्ना गए । त्यहाँबाट काठमाण्डुको कपन हुँदै हाल अमेरिकासम्म पुगेको पाइन्छ ।
३४) जयभद्र पोखरेल ( वि.सं.- १८६०)
।
जयभद्रका छोराहरू :
* छविलाल पोखरेल ( वि.सं. १८८३) छविलालका सन्तानहरूको मूल बसाइ हाल झापाको दमक रहेको छ ।
* चक्रलाल पोखरेल ( वि.सं. १८८६ ) चक्रलालका सन्तानहरूको मूल बसोबास हाल उदयपुरको बेलसोत, गरास , गाईघाट , सप्तरीको धर्मपुर र झापाको गौरिगंजतिर रहेको पाइन्छ ।
* लक्षिमापति पोखरेल ( वि.सं. १८८९ ) लक्षिमापतिका सन्तानहरूको मूल बसोबास उदयपुरको जतनपुर, गाईघाट , हडिया, देउरी , कटारी, झापाको सुरुङ्गातिर छरिएको पाइन्छ । पछिल्लो समयमा काठमाण्डुतिर पनि स्थायी बसोबास गर्नेहरू बढीरहेका छन् ।
* लक्ष्मीकान्त पोखरेल ( वि.सं. १८९१) लक्ष्मीकान्तका सन्तानहरूको मूल बसोबास उदयपुरको गहते , गरास, मोरंगको बिराटनगर , महोत्तरीको बर्दिबासतिर मूल बसोबास रहेको छ । पछिल्लो समयमा काठमाण्डुतिर पनि स्थायी बसोबास गर्नेहरू बढीरहेका छन् ।
