Sunday, January 28, 2024

स्मृतिमा शान्तदास' कार्यक्रम सम्पन्न

देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानको आयोजनामा २०८० माघ १२ गते प्रतिष्ठानको कार्यालय अनामनगरमा 'स्मृतिमा शान्तदास' कार्यक्रम सम्पन्न भयो । देवकोटा-लुसुन प्रज्ञा प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौडेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा मार्क्सवादी चिन्तक निनु चापागाईं, जीव वैज्ञानिक प्रा.डा. मुकेश चालिसे , बालसाहित्यकार रामबाबु सुवेदी, शान्तदासका अभिन्न मित्र तुलसी सायमी, साहित्यकार कृष्णमोहन जोशीले साहित्यकार शान्तदासका बारे बिबिध कोणबाट धारणा राख्नुभएको थियो ।
देवकोटा -लुसुन प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष मातृका पोखरेलले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन साहित्यकार सिर्जना शर्माले गर्नुभएको थियो ।
 
000






































No comments: