Friday, November 12, 2021

चेरब स्मृति प्रतिष्ठानको आठौं वार्षिक साधारणसभा सम्पन्न ।

 मिति २०७८ साल कार्तिक २४गते बुधबारका दिन चेरब स्मृति प्रतिष्ठानले इ.चेरब घिमिरेको ३७औं जन्मजयन्तीका अवसरमा तेस्रो अधिवेशन , आठौं वार्षिक साधारण सभा , चेरब स्मृति सम्मान तथा कदरपत्र वितरण, हिमाद्रि सत्रौं रअठारौंअङ्क लोकार्पण तथा कवितावाचन कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.श्री हेमनाथ पौडेलले सान्जेन जलविद्युत कम्पनिका इ. चेरब घिमिरे कार्यालयको काम सडक सर्वे गर्दागर्दैको अवस्थामा कीर्तिशेष भएका हुन् भने उनलाई विध्युत सहिद घोषणा गर्नुपर्ने बताउनुभयो । त्यसैगरेर उक्त कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठअधिवक्ता घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व सचिव श्री चेतनाथ घिमिरले आफ्नो मन्तव्यका क्रममा नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो । प्राज्ञ एवम् प्रगतिशील लेखक सङ्का पूर्व अध्यक्ष श्री मातृका पोखरेलज्यूले चेरबले जत्तिकै देशका लागि सोचर काम गर्नेहो भने समाजबाद त्यत्तिकै आउने विचार ब्यक्त गर्नुभयो भने सान्जेन जलविद्यु कम्पनिका प्रमुख कार्यकारी सुनील कुमार ढुङ्गेललज्यूले चेरबको स्मृतिमा साञ्जेन जविकले महत्वपूर्ण कार्य गर्ने बताउनु भयो ।


कार्यक्रममा प्रतिष्ठानको वार्षिक प्रतिवेदनहरू सचिव मौसम खनाल र लेखा आयब्यय विवरण कोषाध्यक्ष टीका खनालले गर्नुभएको थियो ।अतिथिहरूको स्वागत सह -सचिव पदम प्रसाद बास्तोलाले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा डा.सोमबहादुर धिमाललाई दोसल्ला ओडाई सम्मान सहित नगद रू पाँचहजार पुरस्का प्रदान तथा कदर पत्र कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.हेमनाथ पौडेल एवम् कार्यक्रमका सभापति तथा चेरब स्मृति प्रतिष्ठानका अध्यक्ष पुण्य प्रसाद घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा चेरब स्मृति सम्मानपत्र तथा पुरस्कार -श्री डा.सोम बहादुर धिमाललाई, सम्मान तथा कदरपत्र श्री कृष्णदेव रिमाललाई, श्री सुदर्शन पराजुलीलाई, श्री दीपक गौतम तथा इ.श्री थर्क बहादुर थापालाई प्रदान गरिएको थियो
उक्त कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाज,घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान ,निर्झर दिलचेत वाङ्ममय प्रतिष्ठान ,शिवपुरी साहित्यिक प्रतिष्ठान ,सामखुसी सहित्यिक समाज,सिस्नोपानी नेपाल तथा अन्य कवि कवयत्रीको समेत उपस्थितिमा कवितावाचन भएको थियो ।हिमाद्रि साहत्यिक त्रैमासिक पत्रिकाको १८अौं अङ्कको समीक्षा प्रतिष्ठानका सदस्य मधुस न्यौपानेले गर्नु भएको थियो ! विकसासका अध्यक्ष श्री कृष्णदेव रिमाल र चेरब स्मृति प्रतिष्ठानका उपाध्यक्ष श्री धर्म पोखरेलले संचालन गर्नुभएको कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष श्री पुण्य घिमिरेले गर्नु भएको थियो ।

000


No comments: