Monday, January 6, 2025

कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सहजीकरणसम्बन्धी छलफल कार्यक्रम

भाषा आयोगले २०८१ पुस २१ गते आयोगको सभाकक्ष शङ्खमूलमा कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गऱ्यो । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले कार्यक्रमको महत्वका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति जयकुमार राई, किरात राई चाम्लिङ सङ्घका अध्यक्ष युवराज राई , किरात खालिङ राई उत्थान सङ्घका महासचिव दील कुमार राई, एक नंवर प्रदेशमा सरकारी कामकाजको भाषा मस्यौदा समितिका संयोजक नन्द कन्दङ्वा, एक नंवर प्रदेशमा सरकारी कामकाजको भाषा मस्यौदा समितिका सदस्य अमर तुम्याहाङ, भाषिक अभियन्ता शिवनारायण पंडित 'सिंगल' सांस्कृतिककर्मी रामभजन कामत, साहित्यकार धिरेन्द्र प्रेमर्षी, भाषिक अध्येता पूर्ण कुमारी लिङ्देन, भाषिक अभियन्ता इन्दिरा जिमी याक्खाले प्रदेशमा सरकारी कामकाजको भाषासम्बन्धी कानून बनाउँदा ध्यान दिनुपर्ने विषयका बारेमा आ-आफ्ना विचार राख्नुभयो । छलफल कार्यक्रममा भाषा आयोगका माननीय सदस्य डा. अमरराज गिरी, माननीय सदस्य कृष्णप्रसाद न्यौपाने, माननीय सदस्य गोपाल अश्क, माननीय सदस्य डा. पुष्करराज भट्ट, माननीय सदस्य सुरेश मानन्धरको पनि उपस्थिति थियो । कार्यक्रमको सहजीकरण भाषा आयोगका का.मु. सचिव डा . लोकबहादुर लोप्चनले गर्नुभएको थियो ।

000















No comments: