एक दशकको उमेर पनि नकाटेकी रक्षा थापादेखि सात दशक काटेका स्रष्टाहरू गरी विभिन्न उमेर, समूह,विधा र विभिन्न देशका झण्डै ८० जनाको टोली घान्दु्रक जान भृकुटीमण्डपमा भेला भएका थिए – २०६६ सालको फागुन २२ गते । कास्कीको रमणीय पर्यटकीय स्थल घान्द्रुकमा फागुन २४ र २५ गते हुने नेपाल बाल साहित्य समाजको २० औँ वाषिर्क सम्मेलनमा सहभागी गराएको हो नेपाल बाल साहित्य समाजले । पाँचदिने लामो यात्रा अनि घान्दु्रकको लामो पदयात्रा सम्झेर कतिपयले दोमन गरेपनि अन्तत समाजको अध्यक्ष रामबाबु सुवेदीको आग्रह र ताकेतालाई ‘नाईं’ भन्नै नसकेर पनि जान हौसिनेहरू पनि धेरै थिए -त्यसमाथि सम्मेलनको आकर्षण सँगसँगै अन्य आकर्षण पनि जोडिएका थिए मनकामना दर्शन, पोखरा घुमाइ, घान्दु्रकको पदयात्रा र करिब ८० जना देशी विदेशी स्रष्टासँगको सान्निध्यता ।
काठमाडौँबाट पोखरा पुगेको साँझ अमेरिकी बाल साहित्यकार लिन्डा भेल्ज कोरियन बालसाहित्यकार यु.जड ई, जड जिना, योङ सुकमुन, किम मारिया लगायत १२ जना, डा. अभि सुवेदी, डा. रामकुमार पाँडे, डा. चूडामणि बन्धु, डा. सुषमा आर्चाय, डा. महादेव अवस्थी, पूर्वमन्त्री एवं स्रष्टा प्रदिप नेपाल, राजेन्द्र शलभ, शारदा शर्मा आदिको स्वागतमा पोखरेली युवा सांस्कृतिक परिवार तयार थियो । फूलका माला, खादा, दीपसँगसँगै पलेंटी आसनमा स्रष्टा सरू भक्त, तीर्थ, श्रेष्ठ सहित पोखरेली युवा सांस्कृतिक परिवारको स्वागतपछि भोलिपल्ट बिहान हाम्रो यात्रा सुरू भयो घान्दु्रकतर्फ । करिब सात घण्टाको हिंडाइपछि घान्दु्रक पुगेकाहरूले सात घण्टाको थकाइ घान्दु्रकको मनोरम प्राकृतिक सौन्दर्यले भुसुक्कै बिर्सिए । कार्यक्रमको तयारीका लागि पहिले नै घान्दु्रक पुगिसक्नु भएका समाजका महासचिव प्रमोद प्रधानको चाँजोपाँजोले सबै आ-आˆना होटलतर्फ लागे । साँझ झमक्क पर्न लाग्दा घान्दु्रकको डाँडा मात्र देखेर विरक्तिएकाहरू भोलिपल्टको सूर्योदयसँग घान्दु्रकको सौन्दर्यमा लठ्ठ परिहाले । माछापुच्छे्र र अन्नपूर्ण पुग्न समयनै नलाग्ला जस्तो देखिने हिमाली शृङ्खलामात्र होइन शालीन र सफा गाउँ घान्दु्रक हरेर रमाइरहेकाहरू अब भने औपचारिक कार्यक्रममा बाँधिए ।
फागुन २४ गतेको बिहान समाजका अध्यक्ष रामबाबु सुवेदीको सभापतित्व, डा. अभि सुवेदीको प्रमुख आतिथ्य अनि स्रष्टा प्रदिप नेपालको विशेष आतिथ्यमा सुरू भएको कार्यक्रममा स्थानीय मेश्रम बराह माविका विद्यार्थीहरूले स्वागत गरे । घान्दु्रक होटल व्यवसायी सङ्घका अध्यक्ष किसम गुरूङको स्वागत मन्तव्य, प्रमुख अतिथिको शाब्दिक अभिव्यक्तिबाट सम्मेलनको उद्घाटनपछि पुरस्कार वितरण थालियो । नेवासासले स्थापना गरेको २०६४, २०६५ को पुरस्कारबाट कन्हैया नासननी, मित्रलाल पंज्ञानी, युवक श्रेष्ठ आदिलाई पुरस्कृत गरेपछि बाल स्रष्टा रक्षा थापाको ‘हिमाल’ बालकविता सङ्ग्रह लगायत विविध विधाका कृतिहरू विमोचित भए । डा. चूडामणि बन्धु, डा. महादेव अवस्थी, यु जुङ ई, जुद्धबहादुर गुरूङ, मित्रलाल पंज्ञानी आदिको मन्तव्यपछि प्रमुख अतिथि डा. अभि सुवेदीको मन्तव्य प्रस्तुत भयो । यसबीचमा रामकृष्ण दुवाल, प्रदिप बमजन र के.वि. सिम्पलका बालगीत र देउडाले मनोरञ्जन प्रदान गर्यो । सभा बिसर्जन गर्नुअघि सभापति सुवेदीको बालगीत पनि कार्यक्रमको आकर्षण बनेको थियो ।
यसपछिको कार्यक्रम भने अलि भिन्न थियो कार्यपत्र प्रस्तुतिको । द्वन्द्व र बालबालिका विषयक गौरी प्रधानको कार्यपत्र उहाँको अनुपस्थितिमा डा. चुडामणि बन्धुले प्रस्तुत गर्नुभयो भने टिप्पणी पनि उहाँबाटै भयो । कृष्णराज सर्वहारीले यसमा आˆनो जिज्ञासा राख्नुभएको थियो । स्रष्टा शारदा शर्माले सभापतित्व गर्नुभएको उक्त कार्यत्रक्रम डा. रामकुमार पाँडेको जलवायु परिवर्तन र बाल साहित्य कार्यपत्रमा डा. महादेव अवस्थीले टिप्पणी गर्नुभएको थियो । यसमा डा. सुमनराज ताम्राकार, रामप्रसाद ज्ञवाली, डा. भवानीप्रसाद पाण्डे, गोविन्द घिमिरे वेदमणि, शिवप्रसाद पौडेल आदिले जिज्ञासा राख्नुभएको थियो । कोरियाली साहित्य र पु्रन एसोसिएसन अफ लिटरेचर फर योङ्ग एण्ड यङ्ग एडल्टसका बारेमा अध्यक्ष मुन योक सुकले जानकारी दिनुभएको थियो ।
दोस्रो सत्रमा डा. शिवप्रसाद पौड्यालको बालहितमा लोकसाहित्य कार्यपत्रमाथि कपिल लामिछाने र डा. तीर्थबहादुर श्रेष्ठको बालसाहित्य र पर्यटन कार्यपत्र उहाँको अनुपस्थितिमा डा. सुष्मा आचार्यले प्रस्तुत गर्नुभएको थियो भने टिप्पणी पनि उहाँबाटै । विजयराज न्यौपाने, नयनराज पाण्डे, सुशिला प्रधानाङ्ग, सुनिल मास्के, प्रदिप वमजनको जिज्ञासा, डा. पौड्यालको कार्यपत्रमा देखियो भने धीरकुमार श्रेष्ठ र हरिप्रसाद भण्डारीले डा. श्रेष्ठको कार्यपत्रमा प्रश्न राख्नुभएको थियो ।
फागुन २५ गतेको बिहान नवराज रिजालको ‘२०६४ र ०६५ को बाकृतिहरू कार्यपत्रमाथि डा. शैलेन्द्रुप्रकाश नेपालको टिप्पणी र डा. भवानीप्रसाद पाण्डे, डा. रामकुमार पाँडे, डा. चूडामणि बन्धु, डा. सुमनराज ताम्राकार र रामप्रसाद ज्ञवालीको जिज्ञासा थियो । स्रष्टा विनय कसजूले १३ बुँदे घान्दु्रक घोषणापत्र पढेर सुनाउनुभयो, यद्यपि यसमा छलफल भने थाती नै रहृयो ।
स्थानीय मेश्रम बराह मा.वि.मा एकातिर ३३ जना विद्यार्थी र स्रष्टाहरू सह-सिर्जनामा मग्न थिए भने जनार्दन बराल, यशु श्रेष्ठ, ललिता दोषी, कन्हैया नासननी, अमृत विश्वकर्माको कथा र कविता प्रस्तुतिसँगै नृत्य प्रतियोगिता थालियो । कलाकार के.के. कर्माचार्य, स्रष्टा तेजप्रकाश श्रेष्ठ, युवराज नयाँघरे, तुलसा पाठक, रेणुका थापा ‘सोलु’, प्रतिभा न्यौपाने, छायारदत्त न्यौपाने, अमर न्यौपाने, मातृका पोखरेल, शर्मिला खड्का, सविना सिन्धु, छविरमण सिलवाल, विजयराज आचार्य, ट्रकउपे्रती, नयनराज पाण्डे आदि स्रष्टा न्यौपाने सह सिर्जनामा मग्न थिए भने कतिपय स्रष्टाहरू उत्साहित दर्शकसँगै रमाएर नृत्य प्रतियोगिता हेरिरहेका थिए । फागुन २५ गतेको कार्यक्रममा प्रमोद प्रधान कार्यक्रम समयमै सकाउन मेहेनत गरिरहनुभएको थियो भने दर्शक स्रोताको उल्लेख्य उपस्थितिले उत्साहित स्रष्टाहरू भने झन् झन् रौसिएर आ-आˆना प्रस्तुतिमै मग्न थिए । मेश्रम बराहका प्रधान अध्यापक कृष्णप्रसाद पौडेल, कवि रमेश श्रेष्ठ, विनय कसजु, डा. चूडामणि बन्धुको मन्तव्यपछि हाजिर जवाफ, चित्रकला, नृत्य प्रतियोगितामा पुरस्कृतहरूलाई पुरस्कार वितरण गरियो । प्रदिप नेपाल, प्रदिप वमजन, प्रमुख अतिथि डा. अभि सुवेदीको मन्तव्य लगतै प्रमोद प्रधानको धन्यवाद र सभापतिबाट मन्तव्य व्यक्त भएपछि सम्पन्न भएको थियो घान्दु्रक सम्मेलन ।
पुस्तक प्रदर्शनी, पुस्तक हस्तान्तरण, विमोजन आदिका कार्यक्रम अनि समापनपछि सुरू भएको साङ्गीतिक प्रस्तुतिमा राजेन्द्र शलभले कोरियाली स्रष्टाहरूलाई समेत नाच्न र गाउन पे्ररित गरिदिनुभयो । दुईदिने औपचारिक कार्यक्रममा व्यस्त स्रष्टाहरू नाचगानमा खुबै रमाएका थिए ।
घान्दु्रकको यो व्यापक र लामो कार्यक्रमका विविध उपलब्धि भए । घोषणा पत्र कार्यपत्रको महत्त्व आ-आˆनै ठाउँमा छ । ८० जनाको भीडमा कतिपयको भूमिकासम्म नदेखिनु, बालसाहित्य सम्मेलनको पहिलो दिन बाल सहभागिता त्यति नहुनु, कतिपय वक्ताहरू बारम्बार मञ्चमा देखापर्नु धेरै कार्यपत्र भएकाले पर्याप्त विमश गर्ने समय नहुनु आदिजस्ता कमी कमजोरी छाड्ने हो भने ‘घान्दु्रक सम्मेलन’ सफल रहृयो भन्नैपर्छ । नेबासासले राजधानी छोडेर घान्दु्रक सम्मको यात्रा तय गरेर मात्र होइन ५-५ वटा कार्यपत्र दुई दुई वटा गोष्ठी पत्र .कोरियाली स्रष्टाका) प्रस्तुत गर्नु लरतरो काम पक्कै होइन । गुनासा आ-आˆना ठाउँमा होलान्, असन्तुष्टि पनि होलान् तर फागुन २६ गते काठमाडौँ फर्केपछि, कार्यक्रम समापन पछि धेरैले पक्कै भनेको हुनुपर्छ – “घान्द्रुक सम्मेलन साँच्चै सफल रहृयो ।” बालसाहित्यको नाममा घान्दु्रकमा विविध क्षेत्रका स्रष्टाहरूको मेला गराउने नेबासासको यो कार्य उल्लेख्य रहनेछ ।
000
Gorkhapatra शनिवार बाट साभार
No comments:
Post a Comment