Thursday, June 20, 2024

झापाको विर्तामाेडमा "मेची आख्यान विमर्श" कार्यक्रम सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठान र जरा फाउन्डेसनकाे संयुक्त आयाेजनामा विर्तामाेडमा २०७४ वैशाख १ गते मा "मेची आख्यान विमर्श" कार्यक्रम सम्पन्न भयाे । साे कार्यक्रममा मेची अञ्चलका उपन्यासकाे गतिविधिबारे चुडामणि वशिष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे भने लीला अधिकारी र महेश पाैडेलले कार्यपत्रमाथि टिप्पणी गर्नुभएकाे थियाे । नेपाल प्रज्ञा प्रतिष्ठान गध्य / आख्यान विभागका प्रमुख प्राज्ञ मातृका पाेखरेलकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा वरिष्ठ साहित्यकार सराेज ओली प्रमुख अतिथि हुनुहुन्थ्याे । कार्यक्रममा जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, साहित्यकार कृष्ण धराबासीले आफ्नाे मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन लीला अनमाेलले गर्नुभएकाे थियाे ।

000

===============================






































































































































































No comments: