Thursday, December 14, 2023

पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेल सम्मानित


प्रकाशित : नेपाली दैनिक हिमालय दर्पण दिसम्बर १२ , २०२३ सिलगडी, पश्चिमबङ्गाल, भारत ।

-------------------------------------------------------

पारिजात सालिग थलो (३ माइल सिलगड़ी)मा आज पारिजात स्मृति केन्द्र काठमाण्डौंका अध्यक्ष मातृका पोखरेल सम्मानित......

सिलगड़ी पारिजात जयन्ती समारोह समितिको आयोजनमा सिलगड़ी ३ माइल स्थित पारिजात सालिग थलोमा  पारिजात स्मृति केन्द्र काठमाण्डौंका अध्यक्ष मातृका पोखरेललाई सम्मानित गरियो ।

समितिकै अध्यक्ष गोपाल लामाको अध्यक्षतामा सम्पन्न यस सम्मान कार्यक्रममा सिलगड़ी पारिजात जयन्ती समारोह समितिका सम्पूर्ण सदस्यवर्गले मातृका पोखरेललाई  खदा पहिराएर वरण गरे ।

शर्मिला गुरुङले सम्मान पत्र पठऩ गरिन भने अमित लेप्चाले समितिको  पक्षबाट पुष्पहार पहिराएर वरण गरिन् ।

पत्रकार सञ्जय शाशङ्कर द्वारा सञ्चालित यस कार्यक्रममा महासचिव राजेश छेत्रीले स्वागत भाषण प्रस्तुत गरियो ।

समितिको पक्षबाट पोखरेलको वृतान्त परिचय प्रस्तुत गर्ने जिम्मेवारी कृष्ण प्रधानलाई सुम्पिएको थियो ।


------------------------------------------------

गत दिनांक
11/12/2023

सोमबारको दिन सिलगड़ी पारिजात जयन्ती समारोह समितिको आयोजनामा अनि समितिकै अध्यक्ष श्रीमान गोपाल लामा सरको अध्यक्षतामा इस्टर्न बाईपासको सङ्गम स्थल पारिजात चोक, वार्ड नंबर 42 ,सिलगड़ीमा पारिजात सालिग अघि पारिजातलाई नै साक्षी राखेर 'पारिजात स्मृति केन्द्र'(काठमाडौं) का अध्यक्ष श्रद्धेय मातृका पोखरेल ज्यू लाई भव्य अनि सभ्य प्रकारले सम्मान गर्ने सौभाग्य प्राप्त भयो।

बिशेष: यो सुअवसर प्राप्त गराईदिनुमा हाम्रा समितिको साहित्यिक सल्लाहकार आदरणीय कृष्ण प्रधान सरको अहम भूमिका रहेको छ।
यसकारण, आदरणीय कृष्ण प्रधान सरलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
यस एतिहासिक कार्यक्रममा हाम्रा समितिका सम्माननीय सल्लाहकारगण, सदस्य/सदस्याहरू अनि विभिन्न संघ संस्थाहरूको सुन्दर उपस्थिति साथै भरपूर सहयोगको कारण नै यस कार्यक्रमलाई सजिलै सित सफल पार्न सकियो।

यसैले, यहाँहरू सबैनै धन्यवादका पात्र हुनुहुन्छ।
यस एतिहासिक कार्यक्रममा हाम्रो समिति सित मातृका पोखरेल ज्यू को साक्षात भेटले समिति धन्य बनेको ठान्दछ।

समितिले मातृका पोखरेल ज्यू लाई पाउनु अर्थात सोझै पारिजात स्मृति केन्द्र (काठमाडौं) सित नङ र मासुको सम्पर्क स्थापित भएको महसुस गर्दछ।
यसैले, सिलगड़ी पारिजात जयन्ती समारोह समिति अनि 'पारिजात स्मृति केन्द्र'(काठमाडौं) एउटै कोखबाट जन्मेको हुनाले अब उसो 'पारिजात स्मृति केन्द्र'(काठमाडौँ) लाई अभिभावकको रूपमा पाएको खण्डमा भविष्यमा हामीलाई दिशानिर्देश गरिदिउन भन्ने अनुरोध टकराउदछौं।

अनि मातृका पोखरेल ज्यू ले व्यस्ततालाई पन्साएर आफ्नो बहुमूल्य समय अनि उपस्थिति दिएर हाम्रो समिति अर्थात हामी सबैलाई ऋणी बनाउनु भएका छन्।

यसोसले, भविष्यमा यँहाको सुपरामर्श अनि गरिमामय उपस्थिति पाइरहु भन्ने कामनासहित यँहालाई हाम्रो समितिको पक्षबाट हार्दिक कृतज्ञता प्रकट गर्दछौ। 



-------------------------------------------------












































































































































डा. सिर्जना शर्माको फेसबुक वालबाट 
NewsExpose365Days बाट 

No comments: