Tuesday, November 28, 2023

माओवादीको विधान संशोधन : ४०९ सदस्यीय बन्यो केन्द्रीय समिति

 


संसार न्युज 
वि.सं.२०८० साउन १७ बुधवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको आकार बढेको छ । केन्द्रीय समिति विस्तार गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेसँगै वैधानिकरुपमै माओवादी केन्द्रको केन्द्रीय समितिको आकार बढेको हो ।

प्रस्ताव पारित भएसँगै केन्द्रीय समितिको आकार ४०९ सदस्यीय हुने भएको छ । जसमा वैकल्पिक केन्द्रीय सदस्य १९९ जना रहनेछन् ।

हालसम्म माओवादी केन्द्रको केन्द्रीय समिति ३८५ सदस्यीय थियो । जसमा २४ जना महिला थप भएसँगै केन्द्रीय समिति ४०९ सदस्यीय भएको हो ।

माओवादी केन्द्रले ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न केन्द्रीय समितिको आकार बढाएको हो ।

000

www.sansarnews.com बाट साभार 













www.cpnmc.org बाट साभार 

No comments: