Friday, October 13, 2023

भाषा आयोगको सातौं वार्षिक प्रतिवेदन ( २०७९ /८० ) सम्माननीय राष्ट्रपति समक्ष पेस


नेपालको संविधानको धारा २८७ (६) एवम् धारा ७ ( ३ ) तथा भाषा आयोग ऐन, २०७४ को दफा ३ अनुसार भाषा आयोगले आ.व. २०७९/०८० मा सम्पादन गरेका कार्यहरूसंग सम्बन्धित वार्षिक प्रतिवेदन (सातौं) भाषा आयोग ऐन, २०७४ को दफा २१ बमोजिम मिति २०८०/०६/२५ गते सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेस गरिएको छ ।

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले सातौँ वार्षिक प्रतिवेदन राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

प्रतिवेदन पेस गर्ने कार्यक्रममा भाषा आयोगका माननीय सदस्यहरु उषा हमाल, डा. अमरराज गिरी, कृष्णप्रसाद न्यौपाने, मातृका पोखरेल, गोपालप्रसाद सर्राफ, अमृत योञ्जन तामाङ र डा. पुष्करराज भट्टलगायत आयोगका सचिव जयराम अधिकारीसहित आयोगकाका विशिष्ट कर्मचारीहरूको समेत उपस्थिति थियो ।

000





No comments: