Friday, June 9, 2023

ओखलढुंगाको मानेभञ्ज्याङमा 'स्थानीय तहको सहकार्यमा मातृभाषा शिक्षासम्बन्धी अभिमुखीकरम कार्यक्रम' सम्पन्न ।

 ०८० जेठ २३ गते भाषा आयोगको आयोजना र मानेभञ्ज्याङ गाउँपालिकाको संयाेजनमा 'स्थानीय तहको सहकार्यमा मातृभाषा शिक्षासम्बन्धी अभिमुखीकरम कार्यक्रम' ओखलढुंगाको मानेभञ्ज्याङमा सम्पन्न भयो । भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलको सभापतित्व र मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीको प्रमुख आतिथ्यमा संचालित उक्त अभिमुखीकरण गोष्ठीमा भाषा आयोगका माननीय सदस्य अमृत योन्जन तामाङले मातृभाषा शिक्षाको महत्त्वका बारेमा बताउनुहुँदै स्थानीय तहमा मातृभाषा शिक्षा लागू गर्न पुरा गर्नुपर्ने कानूनी र अन्य आवश्यक प्रक्रियाका बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभयो । कार्यक्रममा भाषा आयोगका सचिव जयराम अधिकारीले भाषा आयोगको काम , कर्तव्य र गतिविधिका बारेमा प्रष्ट पार्नुभयो ।


उक्त कार्यक्रममा मानेभञ्ज्याङ गाउँपालिकाभित्र रहेका पैंतालीस विद्यालयका प्रधानाध्यापकहरू र गाउँपालिकाका उपाध्यक्ष एवम् वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । सहभागीहरूको तर्फबाट कालिका माविका प्रधानाध्यापक खिलराज श्रेष्ठ , शिक्षक बुद्धि कुमार राई, भाषा अभियन्ता धिरेन बाहिङले आ-आफ्ना तर्फबाट सुझाव राख्नुभएको थियो ।

उक्त गोष्ठीमा मानेभञ्ज्याङ गाउँपालिका उपाध्यक्ष आश्रचन राईले गाउँपालिकाको भाषानीति र भावी योजनाका बारेमा प्रष्ट पार्नुभयो ।

उक्त अभिमुखीकरण कार्यक्रममा भाषा आयोगका शाखा अधिकृत दशरथ सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भाषा आयोगका उपसचिव रमा अर्यालले संचालन गर्नुभएको थियो ।




ooo













































































































No comments: