Tuesday, August 2, 2022

बातलाबाको २० औं शृङ्खला : कविता वाचनसँगै समाजवादमाथि बहस



काठमाडौं । ‘कला साहित्यमा निरन्तर बहस’ भन्ने उद्घोषका साथ अखिल नेपाल लेखक संघ,  केन्द्रीय समितिको आयोजनामा बातलाबा कार्यक्रमको २० औं शृङ्खला सम्पन्न भएको छ । ‘नेपालमा समाजवादको बाटो’ विषयक बहस तथा कविता वाचन कार्यक्रममा संघका अध्यक्ष डा. धनप्रसाद सुवेदीको अध्यक्षता रहेको थियोे ।

कार्यक्रममा मार्क्सवादी चिन्तक तथा लेखक डी. पी. ढकालले नेपालमा समाजवादको बाटो विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रा. डा. राजनप्रसाद पोखरेलले सो विषयमा पूरक धारणा राख्नुभएको थियो ।

संघका उपाध्यक्ष तथा बातलाबा विभाग संयोजक स्वप्निल स्मृतिको सञ्चालनमा सम्पन्न कार्यक्रममा कविहरू चन्द्र रानाहँछा, टहल दाहाल (नवकिरण), धनबहादुर मगर, नारायण निरासी, प्रोल्लास सिन्धुलीय, शान्ति प्रिय वन्दना, शिवप्रसाद आचार्य, सन्तोष सिम्खडा, सुनिल पुरी, सोनाम सज्जन किराँती लगायतले आफ्ना कविता वाचन गर्नुभएको थियो । वाचित कविताहरू माथि कवि तथा समालोचक डा. कौशिला रिसालले समीक्षा गर्नुभएको थियो।

कार्यक्रममा जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष देवेन्द्र थुम्केली, उपप्राध्यापक तथा लेखक भिम रेग्मी , प्रगतिशील लेखक संघ, नेपालकी कोषाध्यक्ष बाबा बस्नेत, कविहरू पारस ढकाल, प्रथा, पञ्चकुमारी परियार, प्रकाश तिवारी, अगिब बनेपाली, राधा कार्की, जित अधिकारी, सुधा मैनाली लगायतको उपस्थिति रहेको थियोे ।

www.news24nepal.tv बाट साभार 



प्रा. डा. राजनप्रसाद पोखरेलको समाजवादको बाटो विषयमा मन्तव्य

No comments: