Friday, August 11, 2023

'वेदना' साहित्यिक त्रैमासिक अनलाइन संस्करणमा प्रकाशन हुने

वि.सं. २०३० सालदेखि प्रकाशन हुँदै आइरहेको प्रगतिवादी साहित्यिक क्षेत्रको चर्चित पत्रिका 'वेदना' साहित्यिक त्रैमासिक अबदेखि अनलाइन संस्करणमा प्रकाशन हुने भएको छ । पारिजात स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीको अध्यक्षतामा २०८० साल साउन २६ गते बसेको कार्यसमिति वैठकले सो निर्णय गरेको हो । त्यसैदिन प्रकाशन भएको 'वेदना' को पूर्णाङ्क - ८० लाई पारिजात स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दली , स्मृति केन्द्रका पूर्व अध्यक्ष डा. महेश मास्के, स्मृति केन्द्रका कोषाध्यक्ष एवम् वेदनाका प्रकाशक दील ' वरदान' , वेदनाका सम्पादक मातृका पोखरेलले विमोचन गर्नुभयो ।

०००








No comments: