Thursday, April 14, 2022

काव्यलहरीमा प्रख्यात साहित्यकारको जमघट

   २०७८



काठमाडौँ, २०७८ वैशाख १ / पशुपति क्षेत्र विकास कोषको तत्वावभानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर तथा राष्ट्रिका साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा नयाँ वर्ष २०७९ विशेष शुभकामना आदान प्रदान तथा वसन्त काव्यलहरी कार्यक्रम पाशुपत क्षेत्रको देवबाटिकामा सम्पन्न भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका नि. वर्तमान उपकुलपति डा. बिष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा भएको वसन्त काव्यलहरी कार्यक्रममा वरिष्ठ कवि अशेष मल्ल, डा. हरिप्रसाद पोखरेल (मानसाग्नी) डा. सावित्री मल्ल, कविहरू मातृका पोखरेल, कृष्ण प्रसाईं, किशोर पहाडी, दिव्य गिरी, सुमन थापा सङ्गम, राधिका गुरागाईं, गीता कार्की, ठाकुर वेलबासे, समिना खनाल, उमा सुवेदी, राजेन्द्र गुरागाईं, पवित्रा अधिकारी, माधव बिडारी, सुष्मा आचार्य अंशु, गोविन्द मरासिनी, मधु पाठक, लगायतका कविहरूले वसन्त विशेष कविता वाचन गर्नु भएको थियो ।

राष्ट्रिका साहित्य प्रतिष्ठानका महासचिव तथा पशुपति क्षेत्र विकास कोषका कार्यकारी प्रमुख डा. घनश्याम खतिवडाले आमन्त्रित अतिथि तथा कविहरूलाई पशुपतिको चन्दन, रुद्राक्ष तथा शिवनामीले स्वागत गर्नु भएको थियो । डा. खतिवडाले यस प्रकारको कार्यक्रमलाई पर्व विशेष रुपमा निरन्तरता दिने विचार व्यक्त गर्नु भएको थियो ।

बाँसुरी वादक वसन्त चामलिङ्ले बाँसुरीमा वसन्त राग सुनाए भने कविता वाचनका क्रममा पार्श्व ध्वनि प्रदान गर्नु भएको थियो ।

राष्ट्रिका साहित्य प्रतिष्ठानकी उपाध्यक्ष डा. शान्तिमाया गिरी तथा समालोचक डा. सावित्री मल्लले कवितामाथि संक्षिप्त विचार राख्नु भएको थियो ।

राष्ट्रिका साहित्य प्रतिष्ठानकी सचिव कवि रञ्जना निरौलाद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि घिमिरेले यस्ता कार्यक्रमले कविहरूमा ऊर्जा थपिने र नयाँ र पुराना पुस्ता बीचको सम्बन्ध प्रगाढ हुने धारणा राख्नु भएको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको अध्यक्षतामा भएको थियो।




www.sahityapost.com  बाट साभार 




No comments: