Tuesday, August 8, 2023

उदयपुरको साहित्य : विगतदेखि वर्तमानसम्म - कौशल चेम्जोङ

 




मातृका पोखरेल (२०२३)
उदयपुरको ठानागाउँमा जन्मेका मातृका पोखरेल संघीय राजधानीमा बसेर साहित्यकर्मलाई निरन्तर अघि बढाइरहेका छन् । प्रगतिशील धारका पोखरेलका रचनाहरूले साहित्यिक पत्रपत्रिकाहरूमा निरन्तर रूपमा उपस्थित जनाइरहेको पाइन्छ । उनले विशेषगरी कथा र कविताहरूमार्फत सामाजिक विकृति, विसंगतिविरुद्ध आगो ओकल्ने गरेका छन् । शोषित, पीडित र श्रमजीवीहरूको पक्षमा अडिग भई उभिने पोखरेल क्रान्तिकारीको खोल ओढेर भ्रान्ति जन्माउनेहरूको विरोधमा अरिङ्गालको गोलोझैं पोको परेर खनिन गर्छन् । मातृका पोखरेलको तीन कवितासङ्ग्रह 'सेतो दरबार छेउबाट' (२०५६), 'यात्राको एउटा दृश्य (२०६०), र, 'अनुहार' (२०६५) प्रकाशित भएका छन् भने 'सन्त्रस्त आँखाहरू' (२०६१), र 'घाम झुल्किनुअघि (२०६७) दुई कथासङ्ग्रहहरू प्रकाशित छन् । स्वतन्त्रता मानवको नैसर्गिक अधिकार र त्यो अधिकार प्राप्तिका लागि विद्रोहको चेतना जगाउने विशेषता पोखरेलका लेखनीले बोकेका छन् ।

No comments: