Wednesday, February 22, 2023

पारिजात स्मृति केन्द्र र इच्छाकामना साहित्यप्रवाहले सहकार्य गर्ने

पारिजात स्मृति केन्द्र र इच्छाकामना साहित्यप्रवाहका बीच सहकार्य गर्ने सम्बन्धमा महत्त्वपूर्ण छलफल कार्यक्रम सम्पन्न भएको छ ।२०७९ फागुन ०९ गते रेन्वो रेस्टुरेन्ट चुम्लिङटारमा विशिष्ट साहित्यिक स्रष्टाहरूको समुपस्थितिमा छोटो तर अविस्मरणीय परिचयात्मक अन्तर्क्रिया कार्यक्रम सम्पन भयो । इच्छाकामना साहित्यप्रवाहका अध्यक्ष एकराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पारिजात स्मृति प्रतिष्ठानका अध्यक्ष आदरणीय डा.राजेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा,मातृका पोखरेल, देविका तिमल्सिनाको विशिष्ट आतिथ्यता रहेको थियो । सो भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा पारिजात स्मृति प्रतिष्ठानका वारे जानकारी साथै सहकार्यका सम्बन्धमा छलफल भएको थियो । सो कार्यक्रमको संयोजन एवम् सञ्चालन सहप्राध्यापक तेजविलास अधिकारीले गर्नुभएको थियो भने यस कार्यक्रममा श्रीरेन्द्रप्रकाश पोखरेल र कृष्णप्रसाद पोखरेलको समेत सहभागिता रहेको थियो । उक्त अवसरमा अतिथि स्रष्टाहरूलाई मायाँको चिनो स्वरुप "कालो नैवेद्य" कविता संग्रह सप्रेम हस्तान्तरण गरियो ।

ooo

www.facebook.com बाट






No comments: