Monday, July 8, 2024

'हिटलर र भाले' कवितासङ्ग्रहमाथि परिचर्चा कार्यक्रम

 कवि टङ्कमणि अधिकारीद्वारा लिखित कवितासङ्ग्रह 'हिटलर र भाले' माथि वि.सं. २०८१ असार २३ गते काठमाण्डौंमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । साहित्यकार एसपी कोइराला ( शंकरप्रसाद कोइराला ) को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकार मातृका पोखरेलले गर्नुभएको थियो । परिचर्चा कार्यक्रममा समालोचक साहित्यकारहरू जगत उपाध्याय, हरी अधिकारी, प्रा. कुमार कोइराला, कलानिधि दाहाल, NTUC का अध्यक्ष योगेन्द्र कुँवर, एम .पी, पाण्डे, परशुराम भण्डारीले कृति र व्यक्तित्वमाथि केन्द्रित रहेर आफ्ना धारणा राख्नुभयो । कार्यक्रममा कविहरुले कवि अधिकारीका कविताहरू बाचन गर्नुभएको थियो । उक्त कार्यक्रम साहित्य बाटिकाको आयोजनामा भएको थियो । कार्यक्रमको संचालन बलराम दाहालले गर्नुभएको थियो ।

000


































No comments: