Sunday, September 26, 2021

काव्यविचारमा दुई कार्यपत्र - उमा केसी

 साहित्य / विचार

लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आयोजित एक दिने काव्य विचार गोष्ठी कवि अमर गिरीको ‘समकालीन नेपाली कवितामा सांस्कृतिक चेतना’ र डा. लक्ष्मणप्रसाद गौतमको ‘समकालीन नेपाली कवितामा राष्ट्रिय चेतना’सम्बन्धी दुईवटा कार्यपत्र प्रस्तुत गर्दे सम्पन्न भएको छ ।

कार्यपत्रमा समकालीन नेपाली कवितामा सांस्कृतिक चेतनाको उठान, सस्कृति भनेको के हो ? सभ्यता र संस्कृति, साहित्य र संस्कृति, समकालीन नेपाली कवितामा सांस्कृतिक चेतनाको अभिव्यक्ति, आफ्नो सभ्यता र संस्कृतिप्रति प्रेम र सम्मानको भाव, राष्ट्रिय गौरवबोध, सांस्कृतिक विभेद र उत्पीडनको विरोध, आदिवासी, जनजातीय सांस्कृतिक चेतनाको अभिव्यक्ति, पितृसत्तावादी चिन्तन र संस्कृतिको विरोध, बाह्य सांस्कृतिक आक्रमणको प्रतिवाद, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय चेतनालगायतका बुँदाहरू समेटिएका छन् ।

कार्यपत्रमाथि डा. ज्ञानु पाण्डे र प्रा. कुमारप्रसाद कोइरालाले टिप्पणी गरेका थिए । प्रज्ञा भवन काठमाडौँमा मंगलबार सम्पन्न काव्य गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती वैरागी काइँला, कवि विमल निभा, राधेश्याम लेकाली, डा. बेञ्जु शर्मा, मणि लोही, देवी नेपाल, सुलोचना मानन्धर, अशेष मल्ल, ठाकुर बेल्वासे, रत्नमणि नेपाल, बुँद राणा, पुरुषोतम सुवेदी, मोमिला, दुर्गालाल श्रेष्ठ, मातृका पोखरेल, रमण घिमिरेलगायतका दुई दर्जनभन्दा बढी कविले कविता वाचन गरेका थिए ।

No comments: