Thursday, June 20, 2024

नेपाल प्रज्ञाप्रतिष्ठान तथा रोशी वाङ्मय प्रतिष्ठानद्वारा लघुकथा गोष्ठी सम्पन्न ।

२०७४ माघ ५ गते नेपाल प्रज्ञा - प्रतिष्ठान तथा रोसी वाङ्मय प्रतिष्ठानद्वारा काभ्रेको भकुण्डेबेसीमा लघुकथा गोष्ठी सम्पन्न भयो ।रोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गोविन्द बहादुर थापाको सभापतित्व सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल प्रज्ञा - प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एवम् गध्य / आख्यान विभाग प्रमूख मातृका पोखरेल हुनुहुन्थ्यो । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मण प्रसाद गौतमले 'लघुकथामा विचारवाक्यको उपस्थापन : सन्दर्भ वर्तमान नेपाली लघुकथा' विषयक आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्र माथि लघुकथाकार एवम् समिक्षक तुलसीहरी कोइराला र मोदनाथ अधिकारीले टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा लघुकथाकारहरू हरि प्रसाद शिलवाल, केन्द्र प्रसाद ओझा, रमेश प्रसाद नेउपाने, भोटेको छोरा, कमल कुइकेल, रुक्मिणी सिग्देल, मोदनाथ अधिकारी, छविरमण शिलवाल, यन्त्र खनाल लगायतले लघुकथा वाचन गर्नुभएको थियो । कार्यक्रमका विशिष्ट अतिथि श्रीओम श्रेष्ठ रोदन र रोसी वाङ्मय प्रतिष्ठानको भवन निर्माणका लागि जग्गादाता एवं समाजसेवी मुक्तिराज हुमागाईंले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

000











































































































No comments: