Monday, July 18, 2022

समाजवादी साहित्य चिन्तन


काभ्रे । समाजवादी साहित्यको आगामी बाटो र कार्यदिशाका बारेमा दुईदिने बहसपछि ‘नमोबुद्ध घोषणापत्र २०७९’ जारी गर्दै सम्पन्न भएको छ । अखिल नेपाल लेखक संघ, बागमती प्रदेशको आयोजनामा काभ्रेको नमोबुद्धस्थित मुन्दुम फर्म स्टेमा शुक्रबार र शनिबार भएको ‘समाजवादी साहित्य चिन्तन–२०७९’ मा करिब तीन दर्जन लेखक, साहित्यकार, कलाकार तथा सौन्दर्यशास्त्रीको सहभागिता रहेको थियो ।

संघका बागमती प्रदेशका अध्यक्ष अगिब बनेपालीका अनुसार ‘वर्तमान सन्दर्भमा समाजवादी साहित्यका विषय र रूप÷कला’, ‘वर्तमान सन्दर्भमा पहिचान’, ‘वर्तमान सन्दर्भमा लोकवार्ता र बालसाहित्य’ र ‘वर्तमान सन्दर्भमा संगठन’ को विषयमा गहन ढंगले छलफल गरिएको थियो । बनेपाली भने, ‘नेपाली साहित्यमा समाजवादी विषय र पक्षलाई व्यवस्थित ढंगले अगाडि बढाउने लक्ष्य राखेर बहस गरिएको हो । यसले आगामी दिनमा कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा समाजवादी दृष्टिकोणसहित लेखन तथा सिर्जनकर्ममा लाग्नेका लागि आधार तयारसमेत गरेको छ ।’

जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले नेपाली प्रगतिवादी÷प्रगतिशील लेखनमा यो बहसले नयाँ दिशा र ऊर्जाccccc दिने बताए । उनले भने, ‘बहस, छलफल तथा अन्तक्र्रियाले नयाँ निचोड निकालेको छ । यसले आगामी दिनमा लेखन तथा कलाक्षेत्रमा लाग्ने स्रष्टाका लागि समाजवादी दृष्टिकोण अनुसार सिर्जना गर्नका लागि सहयोग पुग्ने छ ।’ नेकपा (माओवादी केन्द्र) वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले नेपाली समाजको वस्तुस्थितिको ठोस पहिचान गरी त्यसको आवश्यकताको आधारमा लेखनको विषय बनाउने गरी कार्यक्रम गरिएको विचार व्यक्त गरे । उनले भने, ‘कला, साहित्य तथा संस्कृतिका क्षेत्रमा यो कार्यक्रमले नयाँ आधार र बाटो निर्दिष्ट गर्नेछ ।’

सो कार्यक्रममा बामपन्थी चिन्तक डीपी ढकालले नेपालको अर्थव्यवस्था र सामाजिक संरचनानुसार अबको समाजवादी बाटोको आधार तयार पार्नुपर्नेमा जोड दिए । उनले भने, ‘कार्यक्रममा उठेका विषय र पक्षमाथि विभिन्न आयामबाट बहस गरेर समाजवादी चिन्तनको मार्ग कोर्न सकिएको छ । यसले नेपालमा आगामी दिनमा समाजवादी लेखन तथा त्यसको बाटो निर्माणका महत्वपूर्ण आधारसमेत तयार पारेको छ ।’ अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष डा.धनप्रसाद सुवेदीले समाजवादी दृष्टिकोण निर्माण गरी लेखन गर्ने आधार तयार पार्न कार्यक्रमले सहयोग पु¥याउनेमा आफू आशावादी भएको धारणा व्यक्त गरे । उनले समाजवादी साहित्य, समाजवादी साहित्यमा पहिचानको विषय, लोकवार्ता तथा बालसाहित्य र संगठनका विषयमा घनिभूत छलफल गरी ‘नमोबुद्ध घोषणापत्र २०७९’ जारी गरिएको जनाए ।

उनले भने, ‘नेपाली समाजलाई बुझ्न र त्यसका आधारमा स्रष्टाले लेखन तथा सिर्जनाकर्ममा कसरी अगाडि बढ्ने भन्ने विषयलाई कार्यक्रमले आधार तय गर्न सफल भएको छ ।’ प्रगतिशील लेखक संघका अध्यक्ष डा. मधुसुदन गिरीले नेपाली समाजको सापेक्षतामा आधारित रही समाजवादको बाटो निर्माण गर्न स्रष्टाले खेल्नुपर्ने विषयमा गहन छलफल भएको विचार प्रस्तुत गरेको बताए । उनले लोकवार्ता र बालसाहित्यका विषयमा छलफलको सार खिच्दै वैज्ञानिक र समाजोपयोगी पक्षलाई लेखनको विषय बनाउनु पर्दछ ।’साहित्यकार भूपाल राईले नेपालमा पहिचानको विषय राजनीतिसँगै सिर्जनात्मक रुपमा गहन ढंगले अगाडि आएको बताए । उनले भने, ‘पहिचान व्यक्ति, समाज, जाति, देश आदिको हुने हुँदा यो विषयलाई सबैले सहज ढंगले बुझ्दै आन्तरिक राष्ट्रियता बलियो बनाउनु पर्दछ ।’

सो कार्यक्रममा प्रा.डा.राजनप्रसाद पोखरेलले लेखकका लागि संगठनको महत्व विशिष्ट रहने जनाउँदै विचारसहितको स्वतन्त्रता हुनुपर्नेमा जोड दिए । उनले संगठनले विचारविमर्श, प्रतिबद्धता र प्रगतिशील रुपान्तरणका लागि सहयोग पु¥याउने धारणा व्यक्त गरे । प्राज्ञ प्रा.डा.गोपीन्द्र पौडेलले वर्तमान सन्दर्भमा समाजवादी साहित्यका विषय र रूप÷कलाका बारेमा चर्चा गर्दै समाजवादी यथार्थवादी साहित्यले आधारभूत तहको पक्षलाई वकालत गर्ने विचार व्यक्त गरे । उनले सांस्कृतिक रुपान्तरणविना समाजमा समानताका महसुस हुन नसक्ने बताउँदै लेखकले निर्भिकताका साथ वैचारिक प्रतिबद्धतासहितको लेखनमा लाग्नुपर्ने बताए ।

सो कार्यक्रममा डा. भोगीराज चाम्लिङ, कलाकार देवेन्द्र थुम्केली, विव्रmम कुँवर (प्रतीक), विष्णु ज्ञवाली, डा. बालाकृष्ण अधिकारी, डा. यादेवी ढकाल, डा.कौशिला रिसाल, शेखर अर्याल, स्वप्निल स्मृति, कलाकार विश्व दोङ, समालोचक तेजविलास अधिकारी, पारस ढकाल, प्रथा, डक्टर किरात, बाबा वस्नेत, नाकारा, रीता पोखरेल, राजिन्द्र फुयाल, सुधा मैनाली, सविन वोगटी, प्रकाश तिवारी, अगिव बनेपाली, चेतनाथ धमला, पुरुषोत्तम रिजाल, बम बानियाँ र भिम कुमाखी सहभागी भएका थिए । संघका वागमती प्रदेशका अध्यक्ष बनेपालीले चार विषयमा गहन छलफल र विचारविमर्श गरी निस्केको सारलाई घोषणा–पत्रका रूपमा प्रकाशित गर्ने जानकारी दिए ।

www.souryaonline.com बाट साभार 

साभार : सौर्य दैनिक






















































www.facebook.com  बाट साभार 



www.youtube.com बाट साभार 

No comments: