Tuesday, August 20, 2024

प्रतिष्ठानको आयोजनामा स्रष्टा भेटघाट कार्यक्रम

क्यानाडामा बसेर नेपाली भाषासाहित्य समृद्ध बनाउन निरन्तर लागिरहनुहुने साहित्यकार कुसुम ज्ञवाली र भावना पोखरेलको सम्मानमा २०८१ साल भाद्र ४ गते देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानले एक स्रष्टा भेटघाटको कार्यक्रम आयोजना गऱ्यो । कार्यक्रममा साहित्यकार कुसुम ज्ञवालीले विदेशमा साहित्यिक गतिविधि सञ्चालन गर्दाका अनुभूति राख्नुहुँदै नेपाली साहित्यलाई प्रबिधिमैत्री बनाउन जरूरी रहेको धारणा राख्नुभयो । कार्यक्रममा देवकोटा लुसुन प्रज्ञा- प्रतिष्ठानका कार्यवाहक अध्यक्ष मातृका पोखरेल, महासचिव सीता शर्मा, सचिव बाबा बस्नेत, कोषाध्यक्ष कृष्ण प्रसाईं र सदस्य जीवन शर्माले नेपाली साहित्य र गीत संगीतको वर्तमान अवस्थाका बारेमा आ-आफ्ना धारणा राख्नुभयो ।

000

No comments: