Tuesday, March 21, 2023

भाषा आयोगको अध्यक्षमा गोपाल ठाकुर नियुक्त

काठमाडौँ — सरकारले भाषाविद् गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ । ठाकुरलाई सोमबारको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । यसैगरी सुदूरपश्चिम प्रदेशबाट सदस्यमा पुष्कर भट्ट नियुक्त भएका छन् ।



आयोग गठनलगत्तै नियुक्त अध्यक्ष लवदेव अवस्थीको गत भदौमा ६ वर्षे कार्यावधि सकिएको थियो । त्यसयता अध्यक्ष नियुक्त नहुँदा सदस्य उषा हमालले निमित्त अध्यक्ष सम्हालेकी थिइन् ।

यसअघि गत साउनमा मातृका पोखरेल, अमृत योन्जन तामाङ, अमर गिरी, गोपाल अश्क र कृष्णप्रसाद न्यौपाने सदस्य नियुक्त भएका थिए ।

www.ekantipur.com बाट साभार 

No comments: