Saturday, August 3, 2024

'यो मन कहाँ दुख्छ' निबन्धसङ्ग्रहको विमर्श कार्यक्रम सम्पन्न

साहित्यकार अनिल श्रेष्ठद्वारा लिखित ' यो मन कहाँ दुख्छ ' निबन्धसङ्ग्रहको विमर्श कार्यक्रम सम्पन्न भयो । विमर्श कार्यक्रममा प्रा .डा. जगदीशचन्द्र भण्डारीडा. अमर गिरी, डा.नन्दीश अधिकारी , तेजविलास अधिकारी, भुँडिपुराण प्रकाशनका केशव पराजुली, मित्रलाल पंज्ञानी र कृतिका लेखक अनिल श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा इस्माली, मातृका पोखरेल, डा कृष्णराज अधिकारी, डा. विन्दु शर्मा, लोकबहादुर थापा, केशव सिलवाल, विष्णु भण्डारी, नवीन विभास, प्रभात सापकोटा, पुरुषोत्तम रिजाललगायत स्रष्टाहरुको उपस्थिति थियो ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा २०८१ साउन १९ गते इच्छुक सांस्कृतिक प्रतिष्ठान, चुनु - शिल्पा कक्षमा भएको उक्त सिर्जना र संवाद कार्यक्रमकी संयोजक गौरी देवकोटाको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य - सचिव मोदनाथ मरहठ्ठाले स्वागत गर्नुभएको थियो ।

000























www.facebook.com बाट साभार 

No comments: