Sunday, September 26, 2021

स्व.रुद्र खरेलको सम्झनामा श्रद्धाञ्जलिसभा

काठमाडौं

अध्यापन, साहित्य र राजनीति तीनवटै क्षेत्रमा सशक्त भूमिका निर्वाह गर्नुभएका स्व.रुद्र खरेलको सम्झनामा बिहीबार राजधानीमा श्रद्धाञ्जलिसभाको आयोजना गरियो ।

नेकपा -एकीकृत)को आयोजनामा भएको श्रद्धाञ्जलिसभामा सो पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका स्व.खरेलको सम्झनामा एकमिनेट मौनधारण र श्रद्धाञ्जलि अर्पणका साथ उहाँको योगदानबारे चर्चा गरियो ।

स्व.खरेलले प्रगतिशील साँस्कृतिक समाजको केन्द्रीय अध्यक्षलगायत अन्य संस्थाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुका साथै विभिन्न क्याम्पसमा प्राध्यापनसमेत गर्नुहुन्थ्यो ।

कविता र व्यङ्ग्यात्मक निबन्धलगातका सातवटा कृति प्रकाशित गर्नुभएका स्व.खरेल प्रगतिशील सांस्कृतिक आन्दोलनका अगुवा पनि हुनुहुन्थ्यो । उहाँको गत भदौ ८ गते निधन भएको थियो ।

श्रद्धाञ्जलिसभामा सहभागी वक्ताहरूले उहाँले समाज र राष्ट्रका लागि पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।

सभामा स्व.खरेलका परिवार, नेपाल प्राध्यापक सङ्घका महासचिव रामेश्वर उपाध्याय, स्व. खरेलका सहयात्री मातृका पोखरेल, उक्त दलका अध्यक्षमण्डलका संयोजक रामसिंह श्रीसलगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

इ-जमाना डट कम
१९ सेप्टेम्बर, २००८  बाट साभार  

No comments: