Friday, April 5, 2024

सम्बन्ध कला प्रदर्शनी - २०८० मा कविता वाचन कार्यक्रम

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजना र जरा फाउण्डेशनको सहकार्यमा आयोजना गरिएको सम्बन्ध कला प्रदर्शनीमा २०८० चैत्र २३ गते कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीको सभापतित्वमा भएको कार्यक्रममा सिक्किमकी कवि दीपा राईको कवितासङ्ग्रह 'अन्तिम जाम' को विमोचन गरिएको थियो र उक्त कवितासङ्ग्रहको समालोचक प्रकाश सायमिले चर्चा गर्नु भएको थियो । उक्त कार्यक्रममा कविहरू नरेन्द्रबहादुर श्रेष्ठ, मातृका पोखरेल, असिम सागर, मन्जिला अनिल, देवेन्द्र केसी, छितेन शेर्पा, कमलमणि काफ्ले, दीपा राईले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको संचालन साहित्यकार सिर्जना शर्माले गर्नुभएको थियो ।


000

















No comments: