Monday, November 20, 2023

“सुश्री पारिजात” का लागि गोविन्द गिरी प्रेरणालाई “यशश्वी बुक अवार्ड”

 


३ मंसिर २०८०, काठमाडौं

यशस्वी प्रज्ञा प्रतिष्ठानले साहित्यकार गोविन्द गिरी प्रेरणालाई यशस्वी पुस्तक अवार्डबाट सम्मान गरेको छ।कार्यक्रमका प्रमुख अतिथिनेपाली वांगमयका विशिष्ट विद्वान प्राडा. वासुदेव त्रिपाठीले अवार्ड समर्पण गरेका हुन् । समारोहमा यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्षरञ्जना निरौलाले फूलमालाले सम्मानित गरेकी थिइन् ।


प्रमुख अतिथि त्रिपाठीले स्रष्टा गोविन्द गिरी प्रेरणाको लेखनीमाथि प्रकाश पार्दै उनको बहुआयामिक प्रतिभाको प्रशंसा गरेका थिए।कसैको पनि जीवनी लेख्नु सजिलो काम नभएको उल्लेख गर्दै पारिजात जस्ति विशिष्ट प्रतिभाको जीवनी लेखेर उनका बारेमा पाठकलाईजानकारी गराउनु सक्नु प्रेरणाको विशेषता रहेको बताए।


समालोचक ज्ञानु अधिकारीले ‘सुश्री पारिजात’ पुस्तक र सर्जक प्रेरणाको बारेमा समीक्षात्मक टिप्पणी गर्दै जीवनी लेखनमा मौलिकशैली रहेको चर्चा गरिन् ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्रष्टा गोविन्द गिरीको संक्षिप्त जीवनीमाथि प्रकाश पार्दै उनको लेखन यात्राकाबारेमा बोलेका थिए। उनको भनाई थियो गोविन्द केही न केही नगरी बस्न नसक्ने बानी भएको स्रष्टा भन्दै उनले साहित्य लेखनदेखिसम्पादन,सृजना र संगठनमा सधैँ अग्रसर हुने गरेको बताए। गोविन्दले साहित्यको सबै विधामा कलम चलाएर सफल भएको भन्दै उनकादुई दर्जनभन्दा कृतिहरू प्रकाशित भएको बताए। उनका कृतिहरू नेपाली भाषा बाहेक आफ्नै स्वदेशको मैथिली, नेपाल भाषा(नेवारी) लगायत अङ्ग्रेजी,हिन्दी, मलाय, बंगाली लगायत विभिन्न भाषामा समेत अनुवाद भइसकेको कुरा बताए।



कार्यक्रममा सम्मानित स्रष्टा प्रेरणाले आफ्नो लेखन यात्राबारे चर्चा गर्दै यशस्वी पुस्तक अवार्ड प्राप्त पुस्तक ‘सुश्री पारिजात’ लेख्न शुरूगर्दादेखिको सुख दुःख तथा आत्म सन्तुष्टिका बारेमा चर्चा गरेका थिए।

प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले आफ्नो स्वागत मन्तव्यमा बहुप्रतिभाशाली स्रष्टा गोविन्द गिरीलाई यश्वसी पुस्तक अवार्डबाटसम्मान गर्न पाउँदा खुशी व्यक्त गरेकी थिइन् । पारिजात स्मृति केन्द्रका अध्यक्ष साहित्यकार मातृका पोखरेलले शुभकामना मन्तव्यव्यक्त गर्दै “ सुश्री पारिजात “ कृति पारिजातको विषयमा जान्न चाहनेका लागि जरूरी ग्रन्थ भएको बताए ।


कार्यक्रमको सञ्चालन साहित्यकार ठाकुर बेल्वासेले गरेका थिए।


000

www.enepalese.com बाट साभार 





















No comments: