Sunday, January 15, 2023

नेपाल वाङमय साधना सम्मान प्रदान


नेपाल वाङमय परिषदले हरेक वर्ष प्रदान गर्ने नेपाल वाङमय साधना सम्मान प्रदान गरेको छ ।

मार्क्सवादी चिन्तक निनु चापागाईंको प्रमुख आतिथ्यमा नेपाली वाङमय साधना सम्मान-२०७७, २०७८ र २०७९ बाट क्रमश: कवि एवं कथाकार मातृका पोखरेल, कवि तथा समालोचक डा. अमर गिरी र समालोचक प्राडा हेमनाथ पौडेललाई प्रदान गरिएको छ ।

त्यसैगरी लघुकथाकथाकार श्याम आशा पद्मा रामचन्द्र लघुकथा सम्मान-२०७९ पुरस्कृत भएका छन्। पुरस्कृत व्यक्तित्वहरूलाई जनही १० हजार रुपैयाँका साथ प्रमाण-पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा राशाले अनुवाद गरेको श्याम आशाका लघुकथासंग्रह अघोषित आवाज अतिथिहरूबाट सामूहिक रूपमा विमोचन गरिएको थियो ।

अनुवादक रासाले श्याम आशाका नेपाल भाषाका लघुकथा पढेर कथा लेख्न थालेको र धेरै मन पराएकाले नेपाली भाषामा अनुवाद गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंले सम्मानित व्यक्तिहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा मन्तव्यको क्रममा सम्मानित व्यक्तित्वहरूले प्राप्त सम्मानले आफूहरूलाई थप जिम्मेवार बनाएको बताए ।

उक्त कार्यक्रम नेपाल वाङमय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

www.nagariknews.nagariknetwork.com  बाट साभार 

मातृका पोखरेलको फेसबुक वालबाट

No comments: