Sunday, September 26, 2021

काव्य तथा आख्यान प्रशिक्षण कार्यक्रम


 प्रगतिशील लेखक सङ्घ, नेपालले २०७१ साल वैशाख ३० र ३१ गते ‘काव्य तथा आख्यान प्रशिक्षण कार्यक्रम एवं कविता गोष्ठी’ सम्पन्न गरेको छ । सुदूर पश्चिमाञ्चलको कैलाली जिल्लामा आयोजना गरिएको उक्त दुई दिने कार्यक्रम धनगढीमा सम्पन्न भएको हो । कार्यक्रममा भाग लिन काठमाडौंबाट प्रलेसका अध्यक्ष अमर गिरीको नेतृत्वमा साहित्यकार जगदीशचन्द्र भण्डारी, आहुति, मातृका पोखरेल, शशीधर भण्डारी, हिरामणि दुखी, मित्रलाल पंज्ञानी, अर.एम. डंगोल, विष्णु भण्डारी र सङ्गीत श्रोता गएका थिए भने वुटवलबाट साहित्यकार दिल साहनी र कपिल लामिछाने गएका थिए ।


वैशाख ३० गते अध्यक्ष अमर गिरीले मैनवत्ती प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए भने उद्घाटन सत्रमा स्थानीय संघसस्थाका प्रतिनिधिहरूले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाट सत्रमा प्रलेसका केन्द्रीय उपाध्यक्षहरू मातृका पोखरेल, शशीधर भण्डारी, महासचिव मित्रलाल पंज्ञानीले कार्यक्रमको औचित्य र उद्देश्यबारे आफ्नो भनाइ राखेका थिए । अध्यक्ष अमर गिरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन सचिव आर.एम. डंगोलले गरेका थिए । त्यस्तै स्वागत मन्तव्य केदार प्रसाद आचार्यले राखेका थिए ।

प्राडा. कपिल लामिछाने र पुष्कर भट्टले आख्यानमा प्रशिक्षण दिए भने प्राडा. जगदीशचन्द्र भण्डारीले काव्यमा प्रशिक्षण दिए । त्यस्तै साहित्यकार दिल साहनी, आहुति, आर.एम. डंगोल र विष्णु भण्डारीले आफ्नो रचना सिर्जना अनुभव सुनाएका थिए । कवि, लेखक तथा साहित्यकारद्वारा खचाखच भरिएको धनगढीको साथी होटलको सभाहलमा भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन कवि संगीत श्रोताले गरे भने कविता गोष्ठीको सञ्चालन युवा कवि जनक रसिक र बाबुराम आचार्यले गरे ।


000





























































No comments: