Sunday, September 26, 2021

लोकतन्त्रका पक्षमा साहित्यिक कार्यक्रम



काठमाडौं । लोकतन्त्रका पक्षमा क्रियाशील स्रष्टाहरुले गएको आइतवार सहिद दिवस पारेर राजधानीको नया“बानेश्वरमा विविध साहित्यिक कार्यक्रम गरेका छन् । सो अवसरमा लोकतन्त्रको माग गर्दै कविता, गीत र नाटक प्रस्तुत गरिएको थियो ।

सो अवसरमा ‘गुरुकूल’ नाटक प्रस्तुत गरेको थियो भने जनवादी कलाकार रायन, जेवी टुहुरे, मोहन दुवाल, माधव प्रधान र मधु गुरुङले गीत प्रस्तुत गर्नुभएको थियो । उत्साहजनक सहभागिता रहेको कार्यक्रममा कविहरु अमर गिरी, यज्ञनिधि दाहाल, अर्जुन पराजुली, डा. सरोज धिताल, डा. मधु घिमिरे, विमल निभा, गोविन्द वर्तमान, मातृका पोखरेल, सुधा त्रिपाठी, चंकी श्रेष्ठलगायतले कविता बाचन गनुभएको थियो । लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्च र नागरिक समाजद्वारा संयुक्त रुपमा आयोजित सो कार्यक्रमको सभापतित्व अध्यक्ष बैरागी काइलाले गर्नुभएको थियो भने सञ्चालन महासचिव रमेश भट्टराई र विष्णुविभु घिमिरेले गर्नुभएको थियो ।

बुधवार साप्ताहिक 
2062/10/16 बाट साभार  

No comments: