Monday, July 24, 2023

अटोग्राफबारे अन्तरक्रिया

२०८० श्रावण ०५ गते सिर्जनशील लेखन समाजका अध्यक्ष प्राडा राजनप्रसाद पोखरेलद्वारा रचित उपन्यास "अटोग्राफ"को प्रकाशन पूर्व भक्तपुरको बालकोटस्थित पानीटयाङकीमा एक अन्तरक्रियाको आयोजना गरियो । पोखरेलले यसबाट प्राप्त सुझावलाई मनन गर्ने बताउँदै आफूले अटोग्राफ एउटा लामो समयको अनुभव र प्रयत्न हो।यसको नाम आफूले "समयको अटोग्राफ "  राख्न लागेको बताउनुभयो ।

       यसअवसरमा  नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य -सचिव तथा समालोचक डा. धनप्रसाद सुवेदीले उपन्यासको नयाँ आयाम र सिर्जनशीलताबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभयो । 

     यस्तै नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचक डा. कृष्णराज अधिकारीले प्रकाशन पूर्व अटोग्राफ उपन्यासको  आख्यानात्मक पक्ष,कथानक, अन्तरवस्तु र लेखनशैलीको  सबल र निर्बल पक्षलाई ओैँल्याउनुभयो ।

     यसैगरी भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले समाजको बोधका विषयमा उपन्यासले बोल्न सक्नुपर्ने बताउनुभयो ।

      यसै क्रममा  अटोग्राफमाथि नेपाल प्रज्ञा-प्रतिष्ठानका  परिषद् सदस्य अगिव बनेपालीले नयाँ शैली अपनाए तापनि जनहितक‍ो विपरीत हुन नहुने विचार व्यक्त गर्नुभयो ।साथै, प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्यद्वय बाबा बस्नेत र हंसावती कुर्मी भने अन्तरक्रियामा सहभागी हुन आएपनि आकस्मिक कार्य सम्पादनका कारण फर्किनुपर्यो ।

     नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ सभा सदस्यद्वय चेतनाथ धमला र उपप्राध्यापक डा. बालाकृष्ण अधिकारीले उपन्यासमा समाज र विचारको प्रतिबिम्बनबारे धारणा राख्नुभयो ।

     यस अन्तरक्रियामा स्रष्टा-द्रष्टाहरू  प्राध्यापक भरत पराजुली  ,  उपप्राध्यापक शारदा लामिछाने ,उपप्राध्यापक डा.यादेवी ढकाल, नेपाल सरकारका उपसचिव सुमा श्रेष्ठ , सिर्जनशील लेखन समाजका  उपाध्यक्ष शान्ति सापकोटा ,समाजका सदस्य तथा उपप्राध्यापक डा.जीवन श्रेष्ठ ,समाजका सदस्य तथा उपप्राध्यापक डा. तिलक केसी तथा कथाकार मन्दिरा मधुश्री लगायतले प्रकाशोन्मूख अटोग्राफबारे आ-आफ्नो सुझाव तथा धारणा प्रस्तुत गर्नुभयो ।

शब्दपथ बाट





No comments: