प्रगतिवादी साहित्यमा एउटा गर्विलो नाम हो- मातृका पोखरेल । समकालीन समाज र अनेकन् सामाजिक विभेदलाई मिहीन ढङ्गले केलाउँदा आफैँ ओत लागेको धुरी च्यातिएको रहेछ भने पनि च्यातिएको छ भन्न दकस नमान्ने उनको सद्गुणको नेपाली प्रगतिवादी क्षेत्रले सदा नै सराहना गर्दै आएको कसैबाट छिपेझैँ लाग्दैन । पछिल्लो कालखण्डमा प्रकाशित उनको कथासङ्ग्रह 'मलाई पनि निद्रा लागेन' मा समाविष्ट कथाका कतिपय चरित्रका भुक्तमान र कहर हेर्दा जोसुकै विवेकशील पाठक र भावकलाई निद्रा लाग्दैन । केही दशक लामो कालखण्डको आरसी यो कथासङ्ग्रह पठनीय, मननीय र सङग्रहणीय छ भन्दा अत्युक्ति होलाझैँ लाग्दैन ।


No comments:
Post a Comment