Tuesday, March 15, 2022

प्रगतिशील साहित्यको वर्तमान अवस्थामा अन्तर्क्रिया

  खबर संवाददाता                                             whatsapp-white sharing button

प्रगतिशील साहित्यको वर्तमान अवस्थामा अन्तर्क्रिया

मकवानपुर । मकवानपुरकाे हेटाैडामा प्रगतिशील साहित्यको वर्तमान अवस्था विषयमा अन्तरक्रिया तथा कविता वाचन भएकाे छ । प्रगतिशील लेखक सङ्घ मकवानपुर र पारिजात स्मृति केन्द्र काठमाडौकाे आयोजनामा कार्यक्रम भएकाे हाे ।

अन्तर्क्रियामा प्रगतिशील साहित्यकाे विषयमा प्राध्यापक केशब सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि मकवानपुरका प्रगतिशील कविद्वय सुवाष खनाल र पुरुपाेत्तम आचार्यले टिप्पणी गरेका थिए । प्रगतिशील लेखक संघ मकवानपुर सचिव चिरञ्जीवी लामिछानेले स्वागत गरेकाे कार्यक्रममा सर्जक संजाल मकवानपुरका निमेष निखिलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्राध्यापक तथा समालाेचक घनश्याम घिमिरे तथा व्यङ्ग्य कवि आरसी रिजालले समेत कार्यपत्रमाथि आफ्नाे भनाई राखेका थिए । कार्यपत्र प्रस्तुती तथा साे माथिकाे टिप्पणीकाे कार्यक्रम पछी कार्यक्रम कवीहरुले कविता वाचन गरेका थिए ।                    प्रलेस मकवानपुरकी अध्यक्ष शान्ती प्रीयवन्दनाकाे सभाध्यक्ष तथा पारिजात स्मृति केन्द्रका महासचिव मातृका पाेखरेलकाे विशेष आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा व्यङ्ग्यकार आरसी रिजाल, साहित्य स‌गम मकवानपुर अध्यक्ष निमेश निखिलऽ साहित्यकार मुक्ति गाेबिन्द वैद्यलगायतकाे आतिथ्यता रहेकाे थियाे ।     

                                                    www.saheekhabar.com     बाट साभार                                           






























No comments: