Tuesday, March 21, 2023

२५ औं सांस्कृतिक प्रतिरोध दिवस सम्पन्न ।

जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजना र र जनसांस्कृतिक महासङ्घ नेपाल बागमती प्रदेश र नेकपा माओवादी केन्द्र पाँचखाल, काभ्रेको सह -आयोजनामा यही २०७९ चैत ५ गते काभ्रेको अनेकोटमा सांस्कृतिक प्रतिरोध दिवस भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व पाँचखाल नगरपालिका वडा नं ,१ का अध्यक्ष जयबहादुर तामाङले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका माननीय सांसद तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमरेड रुकु चौलागाईं हुनुहुन्थ्यो । कार्यक्रमको बिशेष अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मातृका पोखरेल ,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तेज बहादुर मिजार , नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गङगा पराजुली, नेकपा माओवादी केन्द्र, बागमती प्रदेशका अध्यक्ष तथा बागमती प्रदेशका सांसद कमरेड सरल सहयात्री हुनुहुन्थ्यो । अन्य अतिथिहरुमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका पार्टी सचिव कमरेड इन्द्र बहादुर थिङ छिन्ताङ,विभिन्न प्रतिष्ठानहरुका प्राज्ञहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन महासङ्घका महासचिव सुबर्ण हमालले गर्नु भएको थियो। उक्त कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो भने विभिन्न बिधागत क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई "जनसांस्कृतिक राष्ट्रिय सम्मान २०७९" सम्म्मानबाट सम्मानित गरिएको थियो । जसमा जनसांस्कृतिक सम्मान - २०७९ बाट साहित्यतर्फ वसन्त वराकोटी, जनसांस्कृतिक सम्मान - २०७९ बाट ललितकलातर्फ मानबहादुर दोङ्ग, जनसांस्कृतिक सम्मान - २०७९ बाट चलचित्रतर्फ राजु केसी, जनसांस्कृतिक सम्मान - २०७९ बाट नाट्यतर्फ जीवन थापा , जनसांस्कृतिक सम्मान - २०७९ बाट जनसङ्गीततर्फ माया बोहरालाई सम्मानित गरिएको थियो । । कार्यक्रममा कलाकारहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो। २०५५ साल चैत्र ५ गते तत्कालीन राज्यद्वारा निशस्त्र कलाकारहरुलाई घेरा हाली घर भित्र थुनेर आगो लगाई निर्ममतापूर्वक हत्या गरिएको दिनलाई हरेक बर्ष नेकपा माओवादी केन्द्र र जनसांस्कृतिक महासङ्घ नेपालले सांस्कृतिक प्रतिरोध दिवसको आयोजना गर्दै आइरहेको छ ।

ooo 



No comments: