Saturday, August 17, 2024

इन्दिरा दलीको नेतृत्वमा पारिजात स्मृति केन्द्रको नयाँ कार्यसमिति

पारिजात स्मृति केन्द्रको ३१ औं वार्षिक साधारणसभा २०८१ साल भाद्र १ गते पारिजात स्मृति भवन म्हेपि, नयाँबजारमा सम्पन्न भयो । अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको उक्त साधारण सभाको प्रथम सत्रको कार्यक्रममा उपाध्यक्ष इन्दिरा दलीले स्वागत गर्नुभएको थियो । सभाको प्रथम सत्रमा स्मृति केन्द्रका पूर्व अध्यक्षहरू नारायणभक्त श्रेष्ठ (रायन), डा. महेश मास्के, डा. राजेन्द्रप्रसाद अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो

साधारणसभाको दोस्रो सत्रमा महासचिव दीलसुन्दर श्रेष्ठ ( दील वरदान ) ले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०८० / ०८१ को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । स्मृति केन्द्रका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको संयोजकत्वमा नारायणभक्त श्रेष्ठ ( रायन ) र डा. राजेन्द्रप्रसाद अधिकारी सदस्य रहनुभएको निर्वाचन कमिटिले निर्वाचनको सम्पूर्ण प्रकृया पुऱ्याएर सर्वसम्मत रूपमा अध्यक्ष - इन्दिरा दली, उपाध्यक्ष - सीता शर्मा, महासचिव - दिलसुन्दर श्रेष्ठ, कोषाध्यक्ष - डा. बिन्दु शर्मा र सदस्यहरू डा. महेश मास्के, अमृता शर्मा, केशव सिलवाल, राजेन्द्र महर्जन र मातृका पोखरेल रहेको कार्यसमिति घोषणा गरिएको थियो । निर्वाचित समितिलाई निवर्तमान अध्यक्ष मातृका पोखरेलले शुभकामना दिनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष इन्दिरा दलीले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्मृति केन्द्रका महासचिव दीलसुन्दर श्रेष्ठले दुवै सत्रको संचालन गर्नुभएको थियो ।
000














































No comments: