माघ ५, २०८० / काठमाडौँ । ‘साहित्यकार प्रा.डा.ताराकान्त पाण्डेयको चिन्तनको मूल धार, समाजवादी यथार्थवादी रहेको’, प्रगतिशील लेखक सङ्घको ६८औँ परिसंवाद कार्यक्रममा ईश्वरचन्द्र ज्ञवालीले बताउनुभयो । सङ्घको सल्लाहकार समेत रहेका ज्ञवालीले माघ ५ गते बागबजारस्थित सङ्घको कार्यालयमा भएको कार्यक्रममा सो धारणा राख्नुभएको हो ।
समाजवादी यथार्थवादी चिन्तन जसलाई प्रगतिवाद पनि भनिन्छ, को मूल आधार द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी दार्शनिक प्रणाली भएको बताउँदै सल्लाहकार ज्ञवालीले ‘समालोचक पाण्डेयको आलोचनात्मक यथार्थवादको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका रहेको’ बताउनुभयो ।
No comments:
Post a Comment