भाषा आयोगको आयोजना एवम् नेपाल केवरत विकास सेवा समाजको समन्वयमा २०८१ साल माघ २५ गते सुनवर्षी नगरपालिकाको सभाहल, डाइनियाँ , मोरङमा केवरत भाषाको अभिलेखीकरण सम्बन्धी कार्यशाला ( व्याकरण निर्माण ) कार्यक्रम सम्पन्न भएको छ । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुरको सभापतित्वमा भएको कार्यक्रममा सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशी प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा सुनवर्षी नगरपालिकाका उपमेयर मिरादेवि दास केवरत अतिथि हुनुहुन्थ्यो । भाषा आयोगका माननीय सदस्य मातृका पोखरेलले कार्यक्रमको औचित्यका बारेमा प्रष्ट पार्नुहुँदै उपस्थित अतिथि एवम् सम्पूर्णलाई स्वागत मन्तव्य राख्नु भयो । भाषा आयोगको संस्थागत परिचय भाषा आयोगका का.मु. सचिव डा. लोक बहादुर लोप्चनले दिनुभएको थियो । भाषा आयोगबाट भाषा संरक्षण र संवर्द्धनका लागि भएका कामहरुको विवरण आयोगका उपसचिव कमला भण्डारी पाण्डेले जानकारी गराउनु भयो । कार्यक्रममा केवरत विकास सेवा समाजका अध्यक्ष वासुदेव दास केवरत, कार्यक्रमका वक्ता संयोजक प्रजापति दास केवरत, केवरत भाषाको व्याकरण निर्माणका संयोजक चतुर्भुज दास केवरत , सुनवर्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किशोर कुमार मण्डल, सुनवर्षी नगरपालिकाका उपमेयर मिरादेवि दास केवरत, सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजबंशी लगायतले केवरत भाषाको ऐतिहासिक महत्त्वका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको संचालन भाषा आयोगका उप-सचिव कमला भण्डारी पाण्डेले गर्नुभएको थियो ।
000
No comments:
Post a Comment