Wednesday, June 26, 2024

डा. राजेन्द्र विमललाई नारायणी वाङ्मय पुरस्कार - २०७९ समर्पण गरियो

नारायणी वाङ्मय प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको नारायणी वाङ्मय पुरस्कार - २०७९ सालका लागि प्रख्यात आख्यानकार डा. राजेन्द्र विमललाई समर्पण गरिएको छ । वि.सं. २०८० साल असार ११ गते काठमाण्डौंस्थित डिल्लीबजारमा भएको एक कार्यक्रममा डा. विमललाई उक्त पुरस्कार समर्पण गरिएको हो । केही समय अघि बिरगञ्जमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्यका कारण डा. विमल उपस्थित हुन नसक्नु भएका कारण काठमाण्डौंमा सो पुरस्कार समर्पण गरिएको हो । उक्त पुरस्कार नारायणी वाङ्मय प्रतिष्ठानका सदस्य नवराज रिजाल र पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलले संयुक्त प्रदान गर्नुभयो । उक्त कार्यक्रममा साहित्यकार गोपाल अश्क, बसन्त रिजाल, अवधेश कुमार पोखरेल लगायत विशिष्ट स्रष्टाहरुको उपस्थिति थियो ।

000


डा . राजेन्द्र विमलको फेसबुक वालबाट

मातृका पोखरेलको फेसबुक वालबाट














No comments: