Monday, June 19, 2023

भोजपुरी भाषाको स्तरीकरण गोष्ठी सम्पन्न

भाषा आयोगको समन्वय तथा भोजपुरी प्रतिष्ठानको आयोजनामा मिति २०८० आषाढ २ गते शनिवारको दिन भोजपुरी वर्ण -विन्यास विमर्श कार्यशाला प्रतिष्ठानका सदस्य एवम् नेपाल ललित कला प्रज्ञा-प्रतिष्ठान प्राज्ञ सभा सदस्य श्री अजमत अलि अंसारीको अध्यक्षता तथा भाषा आयोगका अध्यक्ष माननीय डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त विमर्श कार्यशाला गोष्ठीमा भाषा आयोगका सदस्यद्वय माननीय मातृकाप्रसाद पोखरेल र गोपाल प्रसाद सर्राफ (गोपाल अश्क) विशेष अतिथिको रूपमा तथा ध्रुव सिंह ठकुरी (अध्यक्ष -नेपाल भोजपुरी प्रतिष्ठान), उमेश कुमार गुप्ता (नेपाल भोजपुरी साहित्य कला परिषद) कुमार सच्चिदानंद सिंह, सलमा खातुन, नेहा कुशवाहा, अमिता पटेल, अनिता साह, आमोद गुप्ता, प्रमोद पाण्डेय हेरम्भ, छोटे लाल प्रसाद साह,अशोक कुशवाहा, रविन्द्र कुमार मिश्र,रितुराज पटेल, रितेश त्रिपाठी, आमोद गुप्ता, श्याम सर्राफ आदिको उपस्थिति रहेको थियो।

डा.गोपाल ठाकुर र गोपाल अश्कको सह लेखन भोजपुरी वर्ण_विन्यास नामक प्रस्तावित कृतिमाथि गहन छलफल र विमर्श सम्पन्न भयो र त्यसमाथि सहभागी हुनु भएका भाषाविज्ञ, प्राध्यापक, विद्यार्थी, लेखक, साहित्यकार एवम् पत्रकारहरूबाट आएका सुझावहरूलाई अंगिकार गरी परिमार्जन गर्ने र प्रकाशित गर्ने निर्णयसमेत भयो ।



No comments: