Thursday, December 14, 2023

देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको तर्फबाट तीन कार्यपत्र प्रस्तुत

असाम,गुवाहटीस्थित North East Aashirvad Foundation को आयोजनामा 2023 December को 8 देखि 12 सम्म भएको 2nd South East Asian Cultural Confluence 2023 को अवसरमा देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको तर्फबाट अध्यक्ष - सुनिल कुमार पौडेल, पूर्व अध्यक्ष - निनु चापागाईं, उपाध्यक्ष - मातृका पोखरेल, महासचिव- सीता शर्मा, कोषाध्यक्ष- कृष्ण प्रसाईं र कार्यसमिति सदस्य जीवन शर्मासहित नेपाल प्रज्ञा -प्रतिष्ठानका उपकुलपति विमल निभा र साहित्यकार सिर्जना शर्मा सहभागी हुनुहुन्थ्यो । कार्यक्रमको चौथो दिन अर्थात 10 तारिखमा University of Science & Technology Baridua, Meghalaya मा आयोजना भएको कार्यकममा विभिन्न देशका सहभागीहरूबाट सोह्र (१६) कार्यपत्र प्रस्तुत भएका थिए । त्यसमध्ये देवकोटा लुसुन प्रज्ञा प्रतिष्ठानको तर्फबाट तीनवटा कार्यपत्रको प्रस्तुति भएको थियो । कार्यक्रममा निनु चापागाईंको Some Dimensions of literary thinking of Great Poet Laxmi Prasad Devkota, सुनिल कुमार पौडेलको Trend of nepali Literature र मातृका पोखरेल र सीता शर्माको Present Status of Languages of Nepal विषयक कार्यपत्रहरू थिए ।











































कार्यक्रमका बारेमा विभिन्न सामाजिक संजालबाट  

-------------------------------------------------------

डा. सिर्जना शर्माको फेसबुक वालबाट 
NewsExpose365Days बाट 

No comments: