Wednesday, November 3, 2021

महाकवि देवकोटाको ११३औ जन्म जयन्ती मनाइयो ।

उदयपुर / २०७८ कार्तिक १६ ।

प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औ जन्म जयन्ती मनाएको छ । प्रलेस उदयपुरका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेको अध्यक्षता र प्रलेस नेपालका पूर्व केन्द्रीय अध्यक्ष एवम् प्राज्ञ मातृका पोखरेलको प्रमुख आतिथ्यमा भयको सो कार्यक्रममा प्रमुख अतिथि पोखरेलले देवकोटा अलौकिक प्रतिभाका धनी भयको र राज्यले उनलाई महाकविको उपाधि नदिए पनि जनस्तरबाट महाकविका रूपमा स्वीकार गरेको र विश्व साहित्यको अध्ययन पश्चात उनी प्रगतिवादी धारमा आएर लेख्न सक्रिय भयको बताउनु भयो । सो कार्यक्रममा पुन्य कार्की,भागवत राउत, ऋषिकेश पोखरेल, हिमालय पौडेल, उद्वव घिमिरे, सिर्जना सरोवर, अनुपमा राई (तेन्जु), चन्द्रनारायण चौधरी,सम्झना राई असफल, प्रलेस उदयपुरका पूर्व अध्यक्ष मधुकर थापा , हर्क नारायण श्रेष्ठ, जस बहादुर कार्की, संगम पुस्तकालयका अध्यक्ष भरत खडका लगायतकाले महाकवि देवकोटाका बारेमा आ आफ्नो धारणा राख्दै रचना वाचन गरेका थिए । कार्यक्रमका अध्यक्ष माधव पोखरेल गोज्याङ्ग्रेले भारतको एक कार्तक्रममा भारतीय कवि राहुल सास्कृत्यायनले देवकोटालाई नेपालका महाकविका रूपमा धेरै कविहरूका बिचमा उभ्याए पछि देवकोटालाई नेपालका कविहरूले पनि महाकविका रूपमा स्वीकार गरेको तर राज्यले महाकवि उपाधि दिन कन्जुस्याइँ गरेको बताउनु भयो ।
000
- माधव पोखरेल गोज्याङ्ग्रेको फेसबुकबाट

सौर्य दैनिक






प्रलेस, उदयपुरको आयोजनामा बोल्नुहुँदै प्रख्यात साहित्यकार पुण्य कार्की ।


































No comments: