Friday, April 14, 2023

जनमत सम्मान तथा पुस्तक विमोचन

२०७९ चैत २५ गते जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिंदै आएका विभिन्न सम्मानहरू वनेपाको अरर्निको सभाभवनमा विभिन्न साहित्यकारहरुलाई प्रदान गरिएको छ । प्रमुख अतिथि प्रा.डा. अभि सुवेदीले २०७७ र २०७८ सालमा सम्मानित हुनु भएका स्रस्ताहरुलाई सम्मान गरिएको छ । २०७७ र २०७८ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे ,नवलपुर र युवराज नयाँघरे ,इलामलाई, गणेश खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ रोदन , ललितपुर रअशेष मल्ल ,धनकुटालाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान रामकुमार पाण्डे ,ललितपुर र पद्मावती सिंह काठमाडौलाई, जनमत–जनकप्रधान सेवा सम्मान–सुरेश कसजू ,सिन्धुपाल्चोक र मणि लोहनी ,नुवाकोटलाई सम्मान गरिएको छ ।

त्यसैगरी केवलपुरे – जनमत सम्मान सुमित्रा सुमि ,नुवाकोट र जलेश्वरी श्रेष्ठ ,काठमाडौंलाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान विक्रमश्री ,मोरङ र राजु तुलाधर ,काठमाडौंलाई, कमला सैंजू – जनमत सम्मान डा.गीता त्रिपाठी ,काभ्रे र तारा केसी काभ्रेलाई, जनमत – राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ ,काभ्रे र हरिप्रसाद चौलागाई ,काभ्रेलाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सीता राई थुलुङ ,खोटाङ र बालिका गिरी काठमाडौंंलाई सम्मान प्रदान गरिएको छ ।

जनमत–केदार सुदर्शना बालसाहित्य सम्मान – अनन्तप्रसाद वाग्ले, काभ्रे, र विजयराज आचार्य ,प्युठानलाई, जनमत–सिचिधर्म र संस्कृति सम्मान – शिला पन्त ,काठमाडौं र ऋषिकेशव कँडेल ,रुपन्देहीलाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – कृष्णप्रकाश श्रेष्ठ मरणोपरान्त काठमाडौं र डा. गंगाप्रसाद अकेला ,धनुषालाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. रविन्द्र समीर पाण्डे ,गुल्मी र योगेन्द्र प्रधानाङ्ग ,भक्तपुरलाई प्रदान गरिएको छ ।

यसैवर्षदेखि प्रदान गरिएको जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मान टङ्कबहादुर आलेमगर ,उदयपुर र जनमत – पूर्णमान लुचि समाजसेवा सम्मान रुमी राजभण्डारी ,बागलुङलाई प्रदान गरिएको छ ।

कार्यक्रमको सभातित्व जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष्य मोहन दुवाल भएको उक्त कार्यक्रममा दुवालले मन्तब्य राख्दै भन्नु भयो, “ साहित्यिक गतिविधि चोखो भावनामा लिप्त भएर गरे पछि असम्भव भन्नु केही छैन । यहि भावना बोकेर जनमतको यात्रा निरन्तर हुन पाएको हो । जनमतको यात्रामा विभेद कुनै पनि क्षेत्रमा पाउन सक्नु हुन्न । सबैको मनमा जनमत पुर्याउने हाम्रो पवित्र उदेश्य हो । ” सम्मानित प्रतिभाहरु मध्यवाट अशेष मल्ल, रामकुमार पाडे तथा श्रीओम श्रेष्ठ, रोदनले जनमत, अहिलेको साहित्य र पुुरस्कार सम्बन्धमा आ आफ्नो धारणा पोखे ।

कार्यक्रममा जनमत प्रकाशनवाट प्रकाशित ५ वटा कृतिहरु जनमत कथा, जनमत लघु कथा, जनमत नियात्रा, जनमत जानकारी, गंगा लिगल सृष्टि, दृष्टि पुस्तक विमोचन गरिएको थियो । कुत : प्रकाशन भक्तपुरवाट प्रकाशित मोहन दुवालको नेपालभाषाको पुस्तक जि: न्हायंक:, न्हायकने दुनें जि: तथा भारती श्रेष्ठको विविधा पुस्तक पनि विमोचन गरिएको थियो ।

 कार्यक्रममा मातृका पोखरेल , लक्ष्मी माली, मणि लोहनी,नरेन्द्रबहादुर श्रेष्ठ आदिले कविता प्रस्तुत गर्नुभएको थियो भने सूर्यप्रसाद लाकोजू, राम सुन्दर देउजा तथा विमल ताम्राकारले विमोचित पुस्तकको चर्चा गरिएको थियो । डा. कृष्ण सुवेदीले उद्घोषण गरिएको सो कार्यक्रममा सिर्जना दुवालले धन्यवाद दिएकी थिइन् । कार्यक्रममा जनमतका दाताहरूको पनि सम्मान गरिएको थियो ।










No comments: