Monday, July 29, 2024

भादगाउँ टेलिभिजनले सिर्जना–विम्ब साहित्यिक कार्यक्रम प्रसार गर्ने

 


सिर्जना अभियान समाजको संयोजनमा भादगाउँ टेलिभिजनले सिर्जना–विम्ब साहित्यिक कार्यक्रम प्रसार गर्ने भएको छ । कार्यक्रममा सिर्जना वाचन, स्रष्टासित संवाद, कृति चर्चा तथा सिर्जनात्मक गतिविधिहरू प्रसार हुनेछन् । कार्यक्रम भादगाउँ टेलिभिजनले प्रत्येक शनिबार बेलुका सात बजे र नौ बजे पुनः प्रसार गर्नेछ ।

समाजका सचिव तथा साहित्यकार ध्रुव मधिकर्मीले नयाँ तथा स्थापित स्रष्टाहरूका सिर्जना वाचन, संवाद तथा कृतिचर्चा मार्फत् सिर्जनात्मक उर्जाका लागि कार्यक्रमको खाका बनाइएको बताए ।
टेलिभिजनका निर्देशक तुलसी प्रसादले कार्यक्रम प्रत्येक शनिबार बेलुका सात बजे र सोही दिन ९ बजे पुनः प्रसार हुने बताए ।
सिर्जना–विम्बको लागि पहिलो श्रृङ्खला च्वङ्गा गणेशस्थित नेवाः नःनी रेष्टुराँमा छायाङ्कन गरिएको थियो ।
कार्यक्रमको पहिलो श्रृङ्खलामा कविहरू उदय निरौला, नारायण तिवारी, मातृका पोखरेल, डा. शशी थापा, रविन्द्र आशिष शैली, शमशेरबहादुर न्हुच्छेप्रधान, इन्दिरा चापागाइँ, नवीनप्रकाश श्रेष्ठ, सुरेन्द्रलाल भुजू, मिमला शर्मा र कृष्ण दुमरुले कविता वाचन गरेका छन् ।

000

















































No comments: