Thursday, October 19, 2023

फोटो पत्रकार थोकरको 'लाइफ इन पेन्डामिक' सार्वजनिक

 

फोटो पत्रकार केशवराज थोकरको ‘लाइफ इन पेन्डामिक’ पुस्तक २०८० साल कार्तिक १ गते  सार्वजनिक भएको छ । काठमाडाैंमा एक कार्यक्रमको साथ सभामुख देवराज घिमिरेले लाईफ इन पेन्डामिक फोटो पुस्तक सार्वजनिक गरेका हुन् ।

सभामुख घिमिरेले फोटो पुस्तक सार्वजनिक गर्दै कोरोनाको विषयमा फोटोको माध्यमबाट इतिहासको दस्तावेजिकरण भएको बताए । विभिन्न समय र कालखण्डमा यस्ता भवितव्य घटनाहरु हुने भएकाले यसलाई फोटो पत्रकारिताले इतिहास सम्झाउने काम गरेको सभामुख घिमिरेको भनाई थियो । लाईफ इन पेन्डामिक विपत्तिको इतिहास सम्झाउने पुस्तक भएकाले विश्वमा संग्रहनिय फोटो पुस्तक हुने सभामुख घिमिरेको विश्वास छ ।

दुई दशकदेखि फोटो पत्रकारितामा क्रियाशिल थोकरले कोरोनाको समयमा काठमाडौंको लाईफ लाइन, अनुभव गरेका, फ्रन्टलाईन हुँदै जीवन र मृत्युको संघर्ष गरिरहेका र संवेदनाले भरिएको परिदृश्यलाई फोटोको माध्यमबाट दस्तावेजिकरण गरेका छन् ।

सात सिरिजमा विभाजन गरिएको उक्त फोटो पुस्तकमा आफ्नै श्रीमती साङमो योञ्जन गर्भवती हुँदा १६ दिनको होम आइसोलेसन बस्नु पर्दाको क्षण, फ्रन्ट लाईनका डक्टर शेरबहादुर पुन, नर्स र सरकारले कोरोना नियन्त्रणका लागि गरेका प्रयासहरु फोटो पुस्तकमा समावेश गरिएको छ ।

उक्त समारोहको अध्यक्षता म्हेन्दो ट्रष्टका उपाध्यक्ष अमृत योञ्जन तामाङले गरेका थिए भने अन्य अतिथिहरुमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, भाषा आयोगका सदस्य मातृका पोखरेल, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईटेल, पिजे क्लबका निवर्तमान अध्यक्ष विकास कार्की, वरिष्ठ फोटो पत्रकार शेखर कार्की लगायत थिए । फोटो पुस्तक म्हेन्दो ट्रष्टले प्रकाशन गरेको थियो ।

०००







No comments: