Sunday, September 26, 2021

संविधानसभाको निर्वाचनको मिति घाषणा गर्न माग

काठमाडौं। नेपाल साहित्यिक पत्रकार संघले सरकारलाई छिटो संविधानसभाको निर्वाचनको मिति घाषणा गर्न माग गरेको छ। हालै काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको पूर्ण बैठकले सो माग गरेको हो। संघका अध्यक्ष रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले साझा प्रकाशनमार्फत नेपालबाट प्रकाशित हुने साहित्यिक पत्रिकाहरूको बिक्री–वितरणको व्यवस्था मिलाउन सम्बन्धित पक्षसँग माग गरेको छ।

संघले आफ्ना सदस्यहरूका निम्ति आचारसंहिता निर्माण गरी लागू गर्ने निर्णय गरेको छ। जस अनुरूप, आचारसंहिता र विधान मस्यौदामा रामेश्वर राउत, प्रकाश सिलवाल, यादव भट्टराई, नकुल सिलवाल, मातृका पोखरेल र गणेश राई रहेको एक समिति गठन गरेको छ। साथै, बैठकले नेपाल प्रज्ञाप्रतिष्ठान साहित्यिक पत्रपत्रिका सहयोग कोषमा रहेको रकम र साहित्यकार उपचार कोषमा रहेको रकमलाई समानुपातिक ढंगले वितरण गर्न माग गरेको छ। सो रकम वितरण नगरिए आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ।
बैठकमा संघका उपाध्यक्ष आरसी रिजाल, ईश्वरचन्द्र ज्ञवाली, लक्ष्मी उपे्रती, नरनाथ लुईंटेल, सचिव चेतनाथ धमला, कोषाध्यक्ष नवराज पुडासैनी र सदस्यहरू गणेश राई, प्रकाश सिलवाल, नवराज रिजाल, मातृका पोखरेल, यादव भट्टराई, रामेश्वर राउत, विदुर गौतम, होमशंकर बास्तोला, ज्ञानुवाकर पौडेल र सल्लाहकार चूडामणि रेग्मीलगायतको सहभागिता थियो।


११असार २०६६ बाट साभार  

No comments: