Wednesday, December 22, 2021

पेशागत महाशाखाको सम्मेलनमा प्रस्तुत राजनीतिक एवं संगठनात्मक प्रस्ताव - कृष्ण के.सी.

 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 

उपत्यका विशेष प्रदेश अन्तर्गतको पेशागत महाशाखाको सम्मेलनमा प्रस्तुत राजनीतिक एवं संगठनात्मक प्रस्ताव

प्रिय कमरेडहरु,

महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन एवं मधेश आन्दोलन पश्‍चात प्राप्‍त उपलब्धिहरुलाई रक्षा गर्ने प्रतिगमन विरुद्धको आन्दोलन पश्‍चात नयाँ परिस्थितिमा हामी पेशागत महासंघको प्रथम महाशाखा  सम्मेलन गर्न लागिरहेका छौँ । यो सम्मेलन महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन एवं मधेश आन्दोलन लगायतका परिवर्तनका लागि भएका आन्दोलनहरुमा सहादत प्राप्‍त गर्नुहुने महान शहिदहरुप्रति भावपूर्ण श्रदाञ्‍जली अर्पण गर्दछ। घाइते, अपाङ्ग भएका र वेपत्ता योद्धाहरु प्रति उच्च सम्मान प्रकट गर्दछ । विश्‍व महामारीको रुप लिएको कोरोना भाइरसका कारण हाम्रो देश र विश्‍वमा ठूलो मानविय क्षति भएको छ । कोभिडको संक्रमणका कारण जीवन गुमाउन पुगेकाहरु प्रति हाम्रो पेशागत महासंघ भावपूर्ण श्रदाञ्‍जली अर्पओ गर्दै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

नेपाली जनताको दशकौँ लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्‍त संघीय लोकतान्तिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी लोकतन्त्र र सामाजिक न्याय सहितको समाजवाद उन्मुख संविधानमाथि तत्कालिन प्रधानमन्त्री खड्ग  प्रसाद ओलीबाट बारम्बार आक्रमण गरियो । प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक निरंकुश कदमलाई राष्ट्रपति जस्तो संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक संस्थाले आँखा चिम्लिएर समर्थन गर्ने काम भयो । तत्कालिन प्रधानमन्त्री एवं राष्ट्रपति द्धारा वारम्वार आक्रमण भएपछि प्राप्त उपलब्धिहरुलाइ समाप्त पार्न लागि परेपछी यो परिवर्तनको मूख्य नेतृत्वकर्ताको हैसियतले यसको रक्षा गर्नु हाम्रो प्रमुख दायित्व बन्‍न पुग्यो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) को अत्याधिक बहुमत के.पी. ओलीको निरंकुश एवं प्रतिगमनको विरुद्ध सडक संघर्षमा ओर्लियो । यहि आन्दोलनको जग र नेपालको संविधानको व्यवस्था अनुसार सम्मानित सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुर्नस्थापना भयो ।  पुनस्स्थापना पश्‍चात फेरी दोस्रो पटक पनि प्रतिनिधि सभा विघटन गरी के।पी। ओली द्धारा निरंकुश र प्रतिगमनको अझ नाङ्गो रुप प्रदर्शन भयो । प्रतिनिधि सभाको पुनस्स्थापना पश्‍चात प्रतिनिधि सभाका बहुमत सदस्यहरुद्धारा संविधानको धारा ठट९छ० बमोजिम नेपाली कांग्रेस संसदिय दलका नेता शेर बहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार निर्माण भयो । के।पी। ओलीको निरंकुशता एवं प्रतिगमन विरुद्धको आन्दोलनमा क्रियाशिल पार्टीहरु नेपाली कांग्रेस, नेपाल कम्युनिष्टी पार्टी (माओवादी केन्द्र)  नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजावादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त छ दलिय गठबन्धनमा वर्तमान सरकार निर्माण भएको हो । 

कमरेड पुष्पलालको नेतृत्वमा २००६  सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले आज ७२  वर्ष पार गरेको छ । यो कालखण्डमा नेपाली कम्युनिष्ट आन्दोलनमा विभिन्‍न आरोह अवरोहहरुको सामना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी, दोस्रो महाधिवेशन पश्‍चात गलत नीति र नेतृत्वका कारण कमजोर हुन पुग्यो । साथैं कम्युनिष्ट आन्दोलनमा बिभाजनको विजारोपण सुरु भयो । अन्तत द्दण्ज्ञढ सालमा भएको तेस्रो महाधिवेशन पश्‍चात नेकपाको अन्तहिन टुट फुटको श्रङ्‍खला सुरु भयो । 

२००६  सालमा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) को निर्माण गरी २०५२  साल फागुन १  गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा जनयुद्धको ऐतिहासिक पहल कदमी एवं जनयुद्ध र जनआन्दोलनको समायोजन मार्फत गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता एंव समाजिक न्यायको विशेषतासहितको संविधान निर्माण गरी नेपाली मौलिकता र विशेषता सहितको जनवादी क्रान्तिलाई आधारभूत रुपले पूरा गर्ने नेतृत्वकारी शक्तिको रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) , एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र २०७८  सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को क्रान्तिकारी धारा बन्‍न पुग्यो ।

२०७४  सालको निर्वाचनमा हाम्रो पार्टीको प्रस्ताव अनुसार बाम तालमेललाई जनसमुदायबाट अनुमोदित भयो र नेपालको ऐतिहाँसमा पहिलो चोटी कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्यो । २०७५  जेठ ३  गते नेकपा (माओवादी केन्द्र)  र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच पार्टी एकिकरण भई नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा० को निर्माण भयो ।  यसले नेपाली जनता र क्रान्तिकारी बामपन्थी, प्रगतिशिल र देशभक्त जनसमुदायमा निकै सकारात्मक सन्देश प्रवाह गर्यो । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अर्का अध्यक्ष के.पी. ओलीको पार्टी एकताको उद्देश्य आफू प्रधानमन्त्रीको कूर्सीमा पुग्ने र निरंकुश बन्‍ने कुरा प्रष्ट हुँदै गयो । अन्तत विभिन्‍न घटनाक्रम हुँदै द्दण्ठठ फागुन द्दघ गतेबाट सर्वोच्चको निर्णयले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजित भई नेकपा  (माओवादी केन्द्र)  र नेकपा (एमाले) बन्यो । यसै परिस्थितिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  को सांगठनिक सुदृढिकरण एवं आसन्‍न राष्ट्रिय सम्मेलन ९ पुष ११ -१३ को तयारीको सन्दर्भमा उपत्यका विशेष प्रदेश अन्तर्गतको पेशागत महाशाखाको प्रथम सम्मेलन हामी सम्पन्‍न गर्न गइरहेको छौँ । 

विश्‍वमा साम्राज्यवाद एवं उत्पीडित राष्ट्र र जनताका बीच साम्राज्यवादी देशका बीच, स्वंय साम्राज्यवादी देशहरुभित्र पुँजिपती र मजदुरहरु बीचका आधारभूत अन्तरविरोधहरु झन तीव्र बन्‍न गएका छन् । पुँजीवादमा आएको संकटलाई समाधान गर्न स्वयं उनीहरुले गरेका कथित सुधार र नवउदारवाद बारे उनीहरु नै विश्‍वसत् हुन सकिरहेका छैन्‍न । अन्तरविरोधहरु झन तीब्र बन्‍न गएका छन् । यसै सन्दर्भमा विश्‍व महाशक्ति राष्ट्रहरुबीच प्रकट भईरहेका अन्तरविरोधका नयाँ स्वरुपहरु, वित्तीय पुँजीको भूमण्डलीकरण, विज्ञान प्रविधिको तीव्र विकास  आदी सबैले नै विश्‍व क्रान्ति र विश्‍व समाजवादी व्यवस्थाको लागि भौतिक आधार तयार भईरहेको तथ्यमा स्पष्ट रहनुपर्दछ ।

राष्ट्रियताको सम्वर्धन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, उत्पादन सम्बन्धमा बाँकी रहेका सामान्ती उत्पादन प्रणालीका अन्त्य गरी , उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, दलाल नोकरशाही पुँजिवादका विरुद्ध संघर्ष गर्दै आम जनताको जीवनस्तर सुधार गर्न सामाजिक न्यायमा आधारित राष्ट्रिय पुँजिको निर्माण गर्ने र उत्पादकत्व शक्तिको विकास गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने सवाल आज राष्ट्रिय आत्म सम्मान सँग समेत जोडिएको छ । हामी के कुरामा प्रष्ट छौँ भने मालेमा वादको पथ प्रदर्शनमा समाजवादी क्रान्तीको रणनीति अन्तर्गत सामान्तवादका अवशेष विरुद्ध संघर्ष गर्ने, आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै दलाल नोकरशाही पुँजीवाद र वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध संघर्ष मार्फत राष्ट्रिय स्वाधिनतालाई सुदृढ पार्नु पर्दछ । 

पेशागत संगठनको संक्षिप्‍त ईतिहास

द्दण्द्धछरण्द्धट सालको जनआन्दोलन पश्‍चात विभिन्‍न क्रान्तिकारी पार्टीहरुबीच एकिकरण भई द्दण्द्धठ सालमा नेपाल कम्युनिष्ट पार्टी ९ एकता केन्द्र० गठन भएको स्पष्ट नै छ । नेकपा ९ एकता केन्द्र० गठन पश्‍चात काठमाडौं उपत्यकामा बुद्धिजीवी एवं पेशाकर्मीहरुलाई संगठीत गर्न तत्कालीन नेकपा ९ एकता केन्द्र० द्धारा द्दण्द्धड सालमा एरिया स्तरको एउटा विशेष ईलाकाको गठन भएको थियो । कमरेड शक्ति लम्साल सेक्रेटरी रहेको उक्त कमिटीमा कमरेड बलराम बास्कोटा, कमरेड कृष्ण के.सी., कमरेड मातृका पोखरेल र कमरेड पुरुषोत्तम रहनु भएको थियो । उक्त कमिटी तत्कालीन नेकपा (एकता केन्द्र) काठमाडौं उपत्यका ईन्चार्ज कमरेड हरिबोल गजुरेल ९ शितलकुमार० ले कमाण्ड गर्नुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बने पश्‍चात काठमाडौं उपत्यकाको विशेषतालाई ध्यान दिई बौद्धिक एवं पेशाकर्मीहरुलाई संगठीत एवं परिचालित गर्नको लागि द्दण्छद्ध सालमा बुद्धिजीवी विशेष जिल्ला समितिको गठन गरियो । उक्त छ सदस्यीय विशेष जिल्ला समितिमा कमरेड रमेश शर्मा सेक्रेटरी र सदस्यहरुमा खिमलाल देवकोटा, डा. ऋषिराज बराल, कृष्ण के.सी. र जनक अधिकारी हुनुहुन्थ्यो । उक्त विशेष जिल्ला समिति तत्कालीन उपत्यका इन्चार्ज कमरेड दिनेश शर्माले हेर्नुहुन्थ्यो । यसैगरी यस पेशागत विशेष जिल्ला समिति भ्रुणको रुपमा द्दण्द्धड सालमा सुरु भई द्दण्छद्ध सालमा विशेष जिल्लाको रुपमा स्थापना भएको स्मरण गराउन चाहन्छु । 

कमरेडहरु जनयुद्धकाल पश्‍चात शान्ती प्रक्रियामा प्रवेश गरेपछी पार्टीमा विभिन्‍न आरोह अवरोह देखा परे त्यसै सन्दर्भमा यस पेशागत विशेष जिल्ला समितिमा पनि गठन, पुर्नगठनहरु भए । विभिन्‍न आरोह अवरोहहरुका बीचमा पनि यो पेशागत विशेष जिल्ला क्रान्तीकारी बौद्धीक पेशाकर्मीहरुलाई संगठित गर्ने दिशामा क्रियाशील रहेको यहाँहरुलाई अवगतनै छ । विशेष गरी जनयुद्धकालमा र शान्ती प्रक्रिया पश्‍चात उपत्यकामा क्रियाशील क्रान्तिकारी बुद्धीजीवी र पेशाकर्मीहरुमा यो विशेष जिला ( महाशाखा) स्थापीत रहेको प्रष्ट नै छ । तसर्थ उपत्यका विशेष प्रदेश अन्तर्गत रहेको ट ओटा जिल्ला मध्ये यो पेशागत महाशाखाको विशेष महत्व रहेको स्मरण गराउन चाहन्छु । यसै सन्दर्भमा आज हामी करिब द्धण्ण्ण् पार्टी संगठित सदस्य रहेको यस महाशाखाको प्रथम सम्मेलन गर्न गइरहेको छौँ । हाम्रो यस पेशागत महाशाखाको सम्मेलन सम्पन्‍न गर्न टछ सदस्यीय महाशाखा सम्मेलन तयारी समिति रहेको छ । यस महाशाखा अन्तर्गत ज्ञद्ध ओटा विभिन्‍न शाखाहरु रहेको छन् । जुन निम्न प्रकार छन् ।

1 निजामती

2. निजामती

3 शिक्षा

4 शिक्षा

5 संस्थान 

6 बैङ्किङ

7 ईन्जिनियरिङ

8 स्वास्थ्य

9 कानून

10 प्राध्यापक

11 कृषि

12. संघ संस्था र मानव अधिकार

12 अर्थर वित्त

13 बुद्धिजीवी

कमरेडहरु अब म यस महाशाखाले गर्नुपर्ने आगामी कार्यभारबारे संक्षिप्‍त उल्लेख गर्न चाहन्छु ।

1 राजनीतिक, वैचारिक एवं सैद्धान्तिक स्तरलाई अभिवृद्धि गर्ने उद्देश्यले पेशाकर्मी बौद्धिक कमरेडहरुबीच पार्टी स्कुल एवं प्रशिक्षण संचालन गर्ने ।

2 आर्थिक व्यवस्थपानलाई व्यवस्थित र पारदर्शी गरी सम्पूण सदस्यहरुको लेबि विवरण कम्प्युटराइज ९म्ष्नष्तब०ि गर्ने ।

3 यस महाशाखाको आफ्नो छुट्टै कार्यालय नभइसकेको हुनाले उपयुक्त ठाँउमा कार्यालय ९अफिस० स्थापना गर्ने ।

4 सम्मेलन पश्चात तिव्र गतिमा उपशाखा, इकाई र सेल कमिटीहरुको गठन गर्ने । भेला गर्ने ।

5 सूचना संचार प्रविधिलाई चुस्त दुरुस्त पार्ने, विज्ञान प्रविधिको प्रयोगमा ध्यान दिई विभिन्‍न प्रतिक्रान्तिकारी अफवाह विरुद्ध सदस्यहरुलाई क्रियाशील बनाउने ।

6 सूचना सम्प्रेषणको लागि पार्टी सदस्य एवं कमिटिकाबीच मेसेन्जर ग्रुप निर्माण गर्ने ।



क्रान्तिकारी अभिवादन सहित

कृष्ण के.सी.

अध्यक्ष

मिति : २०७८ साल मंसिर १८ गते 

No comments: